राजनीति
रुपन्देही–३ उपनिर्वाचनको कार्यतालिका : असोज २१ गते उम्मेदवारी दर्ता
रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवार मनोनयन दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २१ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ ।
असोज २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गरेर आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज २४ गते समय दिइएको छ । त्यसपछि असोज २४ गते नै अन्तिम नामावली प्रकाशन हुनेछ र त्यसै दिन आयोगले चुनाव चिह्न पनि दिनेछ ।
त्यसपछिको अवधिमा उम्मेदवारले चुनाव प्रचार प्रसार गर्नेछन् । मतदान भने कात्तिक १७ गते हुनेछ ।
हेर्नुहोस् कार्यतालिका

प्रकाशित मिति:
सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



