उपसभामुख इन्दिरा राना : मेरो राजीनामा माग्ने कुनै आधार छैन
१७ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले आफूमाथि लागेको मानव बेचबिखनको आरोप राजनीतिक षड्यन्त्रबाट प्रेरित भएको बताएकी छन् । संवैधानिक परिषदमा नेपाली कांग्रेसको प्रतिनिधित्वका लागि ठूला दलहरुले षड्यन्त्रपूर्वक आफूलाई उपसभामुखबाट हटाउन खोजेको उनको दाबी छ ।
एमाले सांसद योगेश भट्टराईले हालै मात्र बालमन्दिरबाट लगेको ५ जना बालबालिकाको विषय उठाएका थिए । यसबारे प्रहरीले समेत अध्ययन गरिरहेको बताएको छ ।
तर न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपसभामुख राना मगरले यो विषय पहिल्यै प्रष्ट भइसकेको बताइन् । उनले भनिन्, ‘१० वर्ष अगाडिको कुरा हो । बाबुआमाले कागज गरेर दिएको छ, बच्चाहरु पढिरहेका छन् ।’
उपसभामुख राना मगरले संवैधानिक परिषद्को सदस्यका लागि यस्तो आरोप लगाएर आफूलाई हटाउन खोजेको हो भने स्वीकार्य नहुने बताइन् । उनले भनिन्, ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बाल बेचबिखन रोक्न नै काम गरेकी हुँ ।’
यसअघि अमेरिकी दूतावासलाई लेखेको भनिएको चिठीको विषयमा उनीमाथि प्रश्न उठेको थियो । तर उनले आफूले चिठ्ठी तयार पारेपनि नदिएको र कोही पनि अमेरिका नगएको दाबी गरिना् । उनले भनिन्, ‘यो प्रहार म, मेरो पार्टी वा समग्रमा भएको हुनसक्छ । प्रतिशोधले देश अघि बढ्दैन ।’
उनले आफूले बालसंरक्षणमा ३५ वर्षसम्म गरेको कामलाई कलंकित नबनाउन समेत आग्रह गरिन् ।
‘मैले ट्राफिकिङ रोक्न र शिक्षामार्फत परिवर्तन ल्याउन काम गरेँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन’, उपसभामुख राना मगरले भनिन्, ‘सरकारले लोकतन्त्रको अनुभूति हुनेगरी काम गर्नुपर्छ ।’
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

