एमालेमा कर्ण थापाले दर्ता गरे फरक मत, विधान महाधिवेशनमा पेश हुने
१९ भदौ, काठमाडौं । नेकपा एमालेमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत दर्ता गरेका छन् । उनको फरक मत शुक्रबार सुरु हुने विधान महाधिवेशनमा छलफल हुनेछ ।
विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुने छ । त्यसको अघिल्लो दिन थापाले पार्टी सचिवालयमा आफ्नो फरक मत दर्ता गराएका छन् ।
बिहीबार नै बसेको एमाले सचिवालय बैठकले थापाको फरक मत विधान सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको छ । उपमहासचिप प्रदीप ज्ञवालीका अनुसार भोलि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन भोलि पेश हुनेछ ।
त्यसपछि चार वटा आयोगको प्रतिवेदनसँगै थापाको फरक मत पनि भोलि नै पेश हुनेछ । विधान महाधिवेशनका सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर पर्सिदेखि छलफल हुनेछ । समूहगत छलफलको निष्कर्ष पेश भएपछि निर्णयसहित विधान महाधिवेशन सकिनेछ ।
उपमहासचिव ज्ञवालीका अनुसार थापाको फरक मतमा के छ भन्ने हेर्न बाँकी छ ।
तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषयलाई छलफलको एजेण्डा नबनाउन एमालेले आग्रह गरेको छ । पूर्वराष्ट्रपतिको सदस्यताको विषयमा सडकमा बहस गरेर कसैलाई फाइदा नहुने उपमहासचिव ज्ञवालीले बताए ।
भण्डारीको सदस्यता नवीकरण रितपूर्वक नभएको भन्दै उपमहाचिव ज्ञवालीले भने, ‘भोलिका दिनमा सम्बन्धित कमिटीमा छलफल होला । तर विधान महाधिवेशनको एजेण्डा नबनाउन आग्रह गरेका छौं ।’
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
