पूर्वराष्ट्रपतिको सदस्यता विधानसँग सम्बन्धित विषय होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन् ।
शुक्रबार ललितपुरको गोदावरीमा विधान महाधिवेशनको उद्घाटन गर्दै उनले विधानसँग असम्बन्धित विषयमा छलफल नहुने बताएका हुन् ।
उनले पूर्वराष्ट्रपतिको सदस्यताको प्रसंग त निकालेनन्, तर पार्टीमा कतिपय विषयहरु अनावश्यक ढंगले संवेदनशील बनेको र बनाइएको भन्दै त्यसैतर्फ इंगित गरे ।
त्यस्ता विषय विधान संशोधन र विधान महाधिवेशनसँग सम्बन्धित नभएको भन्दै ओलीले ती विषयमा पार्टीकै कमिटीहरुमा छलफल गर्नुपर्ने बताए ।
‘ती विषय सचिवालय, स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ, विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अगाडि बढाउनेछौं ।’
विधान महाधिवेशनको अघिल्लो दिन पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण नभएको विषयमा असन्तुष्टि जनाउँदै विधान महाधिवेशनका प्रतिनिधिलाई खुला पत्र लेखेकी छन् ।
त्यस्तै बिहीबार बसेको एमालेको सचिवालय बैठकमा पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषमा छलफल भएको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल, सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराईले राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।
एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको मान्छे पार्टी राजनीतिमा सक्रिय हुनु संविधान अनुकुल नहुने भन्दै भण्डारीलाई धन्यवाद दिने र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

