राजनीति
चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे केही बोलेकै छैन : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा आफूहरुले समर्थन नजनाएको बताएका छन् ।
शुक्रबार आफ्नो दल नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे आफूले कुनै कुरा बोल्दै नबोलेको बताए ।
‘सेक्युरिटी इनिसिएटिभ भन्नेलाई समर्थन गर्यो भनेर हल्ला चलाएका छन्, त्यसबारे हामीले केही बोलेकै छैन’, प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे कुनै पनि त्रुटि, कहिँ बोल्ने, समर्थन गर्न नपर्ने कुनै कुरालाई समर्थन गर्ने काम सरकारबाट भएको छैन ।
आफू नेतृत्वको प्रतिनिधिमण्डलले देशको हित, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको स्थापित मान्यताविरुद्ध कुनै क्रियाकलाप, वचन, बोली वा चिन्तन पनि नराखेको ओलीले बताए ।
प्रकाशित मिति:
शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
आइतबार, कात्तिक १६, २०८२
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
आइतबार, कात्तिक १६, २०८२
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
शनिबार, कात्तिक १५, २०८२
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बिहीबार, कात्तिक १३, २०८२
महाकालीको किनारमा विपिन अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)



