राजनीति
चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे केही बोलेकै छैन : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा आफूहरुले समर्थन नजनाएको बताएका छन् ।
शुक्रबार आफ्नो दल नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे आफूले कुनै कुरा बोल्दै नबोलेको बताए ।
‘सेक्युरिटी इनिसिएटिभ भन्नेलाई समर्थन गर्यो भनेर हल्ला चलाएका छन्, त्यसबारे हामीले केही बोलेकै छैन’, प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे कुनै पनि त्रुटि, कहिँ बोल्ने, समर्थन गर्न नपर्ने कुनै कुरालाई समर्थन गर्ने काम सरकारबाट भएको छैन ।
आफू नेतृत्वको प्रतिनिधिमण्डलले देशको हित, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको स्थापित मान्यताविरुद्ध कुनै क्रियाकलाप, वचन, बोली वा चिन्तन पनि नराखेको ओलीले बताए ।
प्रकाशित मिति:
शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
आइतबार, असार ७, २०८३
रास्वपामा छैन रविको विकल्प
शुक्रबार, असार ५, २०८३
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
बुधबार, जेठ २७, २०८३
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन
मंगलबार, जेठ २६, २०८३
‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’
आइतबार, जेठ १७, २०८३
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)

