'पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन रोक्ने व्यवस्थामा विधानमै गरौं'
२२ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागीहरुले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन रोक्ने व्यवस्थामा विधानमै गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आइतवार समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएको छ । वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल लगायतका नेताहरुले समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिहरुलाई राजनीतिमा आउन नहुने बताएका हुन् ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार वागमती प्रदेश अध्यक्ष ढुंगेलले राष्ट्रपति, उपराष्ट्रपतिहरुलाई विधानमा नै व्यवस्था गरेर राजनीतिमा आउन नपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । संख्या तोकेरभन्दा १४ जना साथीहरुकले चाँही आउन दिनुपर्छ भन्नु भएको छ ।’
उनका अनुसार महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहको सुझाव पेश भइसकेको छ ।
अब ओलीले जवाफ दिएपछि विधान महाधिवेशन सकिने प्रचार विभाग प्रमुख गौतमले बताए ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



