नेभिगेशन
राजनीति

ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला

२२ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खोलेको छ ।

ललितपुरको गोदाबरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले विधान संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पास गरेको छ, जसमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा हटाउने प्रष्ट व्यवस्था गरिएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘कोही हुनुहुन्छ, यसमा विमति राख्ने भनेर अध्यक्ष पटक पटक भन्दा सबैले गडगडाहट तालीले पारित गरेका छन् ।' 

यदि ७० वर्षे उमेर हद र २ कार्यकालको सीमामध्ये कुनै एक मात्र राखेको भए ओली फेरि अध्यक्ष बन्ने बाटो रोकिने थियो । किनकी उनी दुई कार्यकाल अध्यक्ष भइसके भने उमेर पनि ७० वर्ष नाघिसके । उनले फेरि अध्यक्ष बन्न चाहेपछि एमालेले विधान संशोधनको प्रस्ताव तयार पारेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति