राजनीति
ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला
२२ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खोलेको छ ।
ललितपुरको गोदाबरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले विधान संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पास गरेको छ, जसमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा हटाउने प्रष्ट व्यवस्था गरिएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘कोही हुनुहुन्छ, यसमा विमति राख्ने भनेर अध्यक्ष पटक पटक भन्दा सबैले गडगडाहट तालीले पारित गरेका छन् ।'
यदि ७० वर्षे उमेर हद र २ कार्यकालको सीमामध्ये कुनै एक मात्र राखेको भए ओली फेरि अध्यक्ष बन्ने बाटो रोकिने थियो । किनकी उनी दुई कार्यकाल अध्यक्ष भइसके भने उमेर पनि ७० वर्ष नाघिसके । उनले फेरि अध्यक्ष बन्न चाहेपछि एमालेले विधान संशोधनको प्रस्ताव तयार पारेको थियो ।
प्रकाशित मिति:
आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



