काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू
२३ भदौ, काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू लागेको छ । सडकमा उत्रिएका युवा आन्दोलनकारी संसद भवन परिसरमा प्रवेश गरेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार अपराह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाइएको हो ।
सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता सोमबार सडकमा उत्रिएका थिए ।
तीनबुँदे माग राखेर आह्वान गरिएको प्रदर्शनमा सयौं सहभागी भए । माइतीघरमा भेला भएका युवाहरु सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै बानेश्वरतर्फ अगाडि बढे । बानेश्वरमा प्रहरीको निषेधित क्षेत्र तोडेका युवाहरु संसद भवन परिसरमा समेत प्रवेश गरेपछि तनाव उत्पन्न भयो ।
प्रहरीले अश्रुग्यासका साथै गोली हानेको छ । स्थानीय प्रशासनले संसद भवन वरिवरिको क्षेत्रमा कर्फ्यू लगाएको छ ।
अब बानेश्वर चोकदेखि पश्चिमतर्फ विजुलीबजारसम्म, पूर्वतर्फ तीनकुनेसम्म, उत्तरततर्फ रत्नराज्य माविसम्म र दक्षिणतर्फ शंखमुल पुलसम्म भेला, जुलुस, सभा घेराउ लगाय गतिविधि गर्न पाइने छैन ।

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

