राजनीति
सिहंदरबार, नारायणहिटी र राष्ट्रपति कार्यालय क्षेत्रमा पनि कर्फ्यु
सोसल मिडियामाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको सरकारले अन्य क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ ।
पहिले सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो १ बजेदेखि पुनः कर्फ्यु लगाउने क्षेत्र थप गरेको हो ।
राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबारको चार किल्ला क्षेत्रभित्र पनि कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाएका छन् ।
चार किल्ला तोकेको क्षेत्रमा आवतजावत गर्न, कुनै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने प्रशासन कार्यालयले जनाएको छ ।
बानेश्वर क्षेत्रमा कर्फ्यु लगाउँदा पनि आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



