राजनीति
जेनजीको माग अनुसार सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माओवादीको माग
मध्यपहाडी लोकमार्ग अभियान छाडेर काठमाडौं फर्किए नेताहरु
नेकपा माओवादी केन्द्रले जेनजी पुस्ताको माग अनुसार सामाजिक सञ्जाल प्लाटफार्ममाथिको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष प्रचण्डसहित नेताहरु हाल गोरखामा छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–३ टारिफाँटमा उपलब्ध पदाधिकारीहरुको बैठकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्नेसहितको जेनजी पुस्ताको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
माओवादीले जेनजीको माग पूरा गरेर स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।
माओवादीले यो घटनापछि हाल जारी मध्यपहाडी जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पदाधिकारी बैठक बस्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



