राजनीति
जेनजीको माग अनुसार सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माओवादीको माग
मध्यपहाडी लोकमार्ग अभियान छाडेर काठमाडौं फर्किए नेताहरु
नेकपा माओवादी केन्द्रले जेनजी पुस्ताको माग अनुसार सामाजिक सञ्जाल प्लाटफार्ममाथिको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष प्रचण्डसहित नेताहरु हाल गोरखामा छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–३ टारिफाँटमा उपलब्ध पदाधिकारीहरुको बैठकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्नेसहितको जेनजी पुस्ताको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
माओवादीले जेनजीको माग पूरा गरेर स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।
माओवादीले यो घटनापछि हाल जारी मध्यपहाडी जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पदाधिकारी बैठक बस्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
आइतबार, कात्तिक १६, २०८२
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
आइतबार, कात्तिक १६, २०८२
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
शनिबार, कात्तिक १५, २०८२
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बिहीबार, कात्तिक १३, २०८२
महाकालीको किनारमा विपिन अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)



