रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामा र अर्लि इलेक्सन
राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको आन्दोलनमा प्रहरीले गरेको दमनको विरोध गरेको छ । सोमबार जेनजी पुस्ताले गरेको सडक प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १५ जना भन्दा धेरैको मृत्यु भएको छ भने १०० भन्दा धेरै घाइते भएका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गरेर निहत्था नवयुवाहरुले गरेको शान्तिपूर्ण लोकतानित्रक आन्दोलनको पहिलो प्रहरमै सरकारले आमहत्या गरेको भन्दै निन्दा र भर्त्सना गरेको छ ।
रास्वपाले प्रश्न गरेको छ, ‘आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’
रास्वपाले सरकारको औचित्य पूर्ण रुपमा समाप्त भइसकेको भन्दै तत्काल राजीनामा माग गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन गर्न र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न पनि रास्वपाले माग गरेको छ ।
रास्वपाले कांग्रेस–एमालेको बर्चश्व रहेको अहिलेको संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसक्ने भन्दै ताजा जनादेश अर्थात् अर्लि इलेक्सनको माग गरेको छ ।
हेर्नुहोस् रास्वपाको विज्ञप्ति

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

