राजनीति
विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

२४ भदौ, काठमाडौं । माओवादी केन्द्रसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमन इतिहासकै सर्वाधिक बर्बर भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले भनेका छन्, ‘केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश, स्वेच्छाचारी र अनैतिक सरकारको रबैया अस्वीकार्य छ । त्यसैले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । र युवाहरुसँग छलफल गर्दै यो स्थितिलाई साम्य पार्नुपर्छ ।’
विपक्षी दलहरुको बैठकले युवाहरुको माग सम्बोधनका लागि आवश्यक वार्ता गर्न पनि माग गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति

राष्ट्रपति र प्रधानसेनापतिलाई प्रचण्डको धन्यवाद
शुक्रबार, असोज ३, २०८२

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा
बिहीबार, असोज २, २०८२

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा
बिहीबार, असोज २, २०८२

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्
बुधबार, असोज १, २०८२

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
बुधबार, असोज १, २०८२

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
सोमबार, भदौ ३०, २०८२
ट्रेन्डिङ