राजनीति
विपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा
२४ भदौ, काठमाडौं । माओवादी केन्द्रसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमन इतिहासकै सर्वाधिक बर्बर भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले भनेका छन्, ‘केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश, स्वेच्छाचारी र अनैतिक सरकारको रबैया अस्वीकार्य छ । त्यसैले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । र युवाहरुसँग छलफल गर्दै यो स्थितिलाई साम्य पार्नुपर्छ ।’
विपक्षी दलहरुको बैठकले युवाहरुको माग सम्बोधनका लागि आवश्यक वार्ता गर्न पनि माग गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



