राजीनामा दिने रास्वपाका थप ३ सांसदको घोषणा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थप ३ सांसदले राजीनामाको घोषणा गरेका छन् ।
ललितपुर ३ बाट निर्वाचित तोसिमा कार्कीसँगै समानुपातिक सांसद निशा डाँगी र सुमना श्रेष्ठले राजीनामा दिने घोषणा गरेका हुन् । तोसिमाले आफू जेनजीको साथमा रहेको भन्दै सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
रास्वपाकी सांसद निशाले फेसबुकमा लेखेकी छन्, ‘देशको ढुकुटी युवालाई मासेर देश बनाउन सकिँदैन । देशका युवा सडकमा लास बन्दै गर्दा संसद र सरकार कसका लागि ? म यो सांसद पदमा बदिस्न ।’
आफू जेनजीको प्रतिनिधि भएकाले पदमा नबस्ने र सडकमा जाने उनले बताएकी छिन् ।
सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिन लागेको बताएकी छन् । उनले अगाडि भनेकी छन्, ‘जेनजीहरुले सर्वदलीय वस्ता भ्रममा नपरी आफ्नो नेतृत्व दावी गर्नुहो्स् । यदि दलहरुसँगै बसेर देशले निकास पाउँदैन ।’
यसअघि मंगलबार विहान रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



