राजीनामा दिने रास्वपाका थप ३ सांसदको घोषणा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थप ३ सांसदले राजीनामाको घोषणा गरेका छन् ।
ललितपुर ३ बाट निर्वाचित तोसिमा कार्कीसँगै समानुपातिक सांसद निशा डाँगी र सुमना श्रेष्ठले राजीनामा दिने घोषणा गरेका हुन् । तोसिमाले आफू जेनजीको साथमा रहेको भन्दै सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
रास्वपाकी सांसद निशाले फेसबुकमा लेखेकी छन्, ‘देशको ढुकुटी युवालाई मासेर देश बनाउन सकिँदैन । देशका युवा सडकमा लास बन्दै गर्दा संसद र सरकार कसका लागि ? म यो सांसद पदमा बदिस्न ।’
आफू जेनजीको प्रतिनिधि भएकाले पदमा नबस्ने र सडकमा जाने उनले बताएकी छिन् ।
सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिन लागेको बताएकी छन् । उनले अगाडि भनेकी छन्, ‘जेनजीहरुले सर्वदलीय वस्ता भ्रममा नपरी आफ्नो नेतृत्व दावी गर्नुहो्स् । यदि दलहरुसँगै बसेर देशले निकास पाउँदैन ।’
यसअघि मंगलबार विहान रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



