देउवालाई दुई महामन्त्रीको चेतावनी : अविलम्ब निर्णय नगरे कदम चाल्छौं
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अविलम्ब पदत्याग गरेर नविन राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गरेका छन् ।
उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै पाँचबुँदे धारणा सार्वजनिक गरेका हुन्, जसमा सरकारको अकर्मन्यताका कारण होनहार युवाहरुले मृत्युवरण गर्नु परेको बताएका छन् ।
यससँगै सातबुँदे सहमतिको औचित्य सकिएको उनीहरुको निष्कर्ष छ । सकरारबाट मन्त्रीहरु अविलम्ब फिर्ता बोलाउन सभापतिलाई आग्रह गरेका उनीहरुले भनेका छन्, सभापतिज्यूले अविलम्ब निर्णय गर्नुपर्छ । अन्यता अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुने छौं ।’
उनीहरुले प्रधानमन्त्रीलाई पनि पदत्याग गरेर नविन राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गरेका छन् ।
जेनजी पुस्तालाई पनि न्यायोचित माग पुरा गर्न आफूहरुले पनि जोड गरिरहेको भन्दै भनेका छन्, आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईँहरुको सबल भूमिकाका लागि आग्रह गर्दैछौं ।’
कांग्रेसका दुई महामन्त्रीले सबै दललाई खुला सम्वादमार्फत समाधानको पहलमा ऐक्यवद्धता जनाउन समेत अपील गरेका छन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

