देउवालाई दुई महामन्त्रीको चेतावनी : अविलम्ब निर्णय नगरे कदम चाल्छौं
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अविलम्ब पदत्याग गरेर नविन राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गरेका छन् ।
उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै पाँचबुँदे धारणा सार्वजनिक गरेका हुन्, जसमा सरकारको अकर्मन्यताका कारण होनहार युवाहरुले मृत्युवरण गर्नु परेको बताएका छन् ।
यससँगै सातबुँदे सहमतिको औचित्य सकिएको उनीहरुको निष्कर्ष छ । सकरारबाट मन्त्रीहरु अविलम्ब फिर्ता बोलाउन सभापतिलाई आग्रह गरेका उनीहरुले भनेका छन्, सभापतिज्यूले अविलम्ब निर्णय गर्नुपर्छ । अन्यता अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुने छौं ।’
उनीहरुले प्रधानमन्त्रीलाई पनि पदत्याग गरेर नविन राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गरेका छन् ।
जेनजी पुस्तालाई पनि न्यायोचित माग पुरा गर्न आफूहरुले पनि जोड गरिरहेको भन्दै भनेका छन्, आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईँहरुको सबल भूमिकाका लागि आग्रह गर्दैछौं ।’
कांग्रेसका दुई महामन्त्रीले सबै दललाई खुला सम्वादमार्फत समाधानको पहलमा ऐक्यवद्धता जनाउन समेत अपील गरेका छन् ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



