नेभिगेशन
राजनीति

सुरक्षा र कर्मचारी प्रमुखको वक्तव्य : संयमित हुनुस् 

२४ भदौ, काठमाडौं । सुरक्षा निकाय र निजामती कर्मचारीको प्रमुखहरुले संयुक्त वक्तव्य निकालेर सबैलाई संयमित हुन अपील गरेको छ । 

मुख्य सचिव एकनारायण अर्याल, सेना प्रमुख अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, प्रहरी प्रमुख चन्द्रकुवर खापुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्य निकालेका हुन् । 

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै उनीहरुले थप जनधनको क्षति हुन नदिनका लागि संयमित हुन आनग्रह गरेका छन् । यस विषयमा राजनीतिक सम्वादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्वद्ध सबैमा हार्दिक अपील गर्दैछौं ।’ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति