रास्वपाले भन्यो : मुलुकलाई लोकतन्त्र र विधिको शासनकै बाटो हिँडाउनुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनपछिको नयाँ परिस्थितिमा पनि मुलुकलाई विधिको शासन, कानुनी सर्वोच्चता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा अगाडि बढाउनुपर्ने बताएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गरी अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन सकेमा मात्र परिवर्तन दिगो हुने बताएका छन् ।
‘नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ छ’, विज्ञप्तिमा भनिएको छ ।
परिस्थिति सामान्य बनाउन सुरक्षा निकायबाट थालिएको प्रयासमा साथ दिन, नागरिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनी व्यवस्था पुनर्बहाली गर्न आम समुदायको योगदानका लागि रास्वपाले आग्रह गरेको छ ।
राजनीतिक कोर्षलाई सही दिशा दिन, शान्ति सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि रास्वपाले अपिल गरेको छ ।
हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीको विज्ञप्ति

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

