संविधानभित्रैबाट निकास खोज्न कोशिस भइरहेको छ : राष्ट्रपति
                                                                    
                                
                            सरकार गठनको अधिकार सेनाले लिएको भन्दै विरोध भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई कसरी संवैधानिक दायराबाटै निकास दिन सकिन्छ भन्ने विषयमा हरसम्भव कोशिस भइरहेको बताएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गरी उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विमर्श एवं हर प्रयास गरिरहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले आन्दोलनकारीको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति कायम गर्ने काममा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
युवा पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्रीले राजीनामा दिएको ३ दिन भइसक्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेको पनि तीन दिन भइसक्यो । बुधबार जेनजी प्रतिनिधिहरुले प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरे पनि उनीहरुको राष्ट्रपतिसँग वार्ता भएको छैन ।
बुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा दुर्गा प्रसाईंसँग समेत छलफल गरेका थिए । प्रसाईं जेनजीको प्रतिनिधि नभएको र कतै नेपाली सेना राजतन्त्र फर्काउने षड्यन्त्रमा त लागेको छैन भन्ने प्रश्नसमेत नागरिकस्तरबाट उठेको थियो ।
बिहीबार त काठमाडौंको सडकमा राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै नाराबाजीसमेत भएको थियो । त्यसको केहीबेरमा राष्ट्रपतिको नाममा विज्ञप्ति आएको हो ।
हेर्नुहोस् राष्ट्रपतिको विज्ञप्ति

 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



