संविधानभित्रैबाट निकास खोज्न कोशिस भइरहेको छ : राष्ट्रपति
सरकार गठनको अधिकार सेनाले लिएको भन्दै विरोध भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई कसरी संवैधानिक दायराबाटै निकास दिन सकिन्छ भन्ने विषयमा हरसम्भव कोशिस भइरहेको बताएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गरी उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विमर्श एवं हर प्रयास गरिरहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले आन्दोलनकारीको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति कायम गर्ने काममा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
युवा पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्रीले राजीनामा दिएको ३ दिन भइसक्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेको पनि तीन दिन भइसक्यो । बुधबार जेनजी प्रतिनिधिहरुले प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरे पनि उनीहरुको राष्ट्रपतिसँग वार्ता भएको छैन ।
बुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा दुर्गा प्रसाईंसँग समेत छलफल गरेका थिए । प्रसाईं जेनजीको प्रतिनिधि नभएको र कतै नेपाली सेना राजतन्त्र फर्काउने षड्यन्त्रमा त लागेको छैन भन्ने प्रश्नसमेत नागरिकस्तरबाट उठेको थियो ।
बिहीबार त काठमाडौंको सडकमा राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै नाराबाजीसमेत भएको थियो । त्यसको केहीबेरमा राष्ट्रपतिको नाममा विज्ञप्ति आएको हो ।
हेर्नुहोस् राष्ट्रपतिको विज्ञप्ति

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

