‘जेनजीको जायज माग भूराजनीतिक चपेटामा नपरोस्’
नेपाल बार एशोसिएसनले बाह्य शक्तिको चलखेललाई बढावा दिन सक्ने र गैरनागरिक सरकार गठन हुने खतराप्रति सजग रहन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।
नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले राष्ट्रपतिलाई एक पत्र लेखेर अहिलेको राष्ट्रिय संकट र राष्ट्रिय सरकारबारे नेपाल बारको ६ बुँदे दृष्टिकोण प्रस्तुत गरेका छन् ।
बारले जेनजीको जायज माग भूराजनीतिक चपेटामा पर्न सक्ने खतरा औंल्याएको छ । ‘सुुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्था जेनजी (युवा पुस्ता) को आधारभूत माग हो । यो जायज माग यदि भूराजनीतिको चपेटामा पर्न गयो भने जेनजी को जायज माग मात्र नभई सम्पूर्ण देश सदाका लागि अन्धकारतर्फ जानुको साथै सार्वभौमसत्तामा आँच आउने अवस्था पैदा हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनकारी शक्तिले संविधान र व्यवस्थाको परिवर्तन माग नगरेको भन्दै बारले संवैधानिक संरचनाहरुको यथावत क्रियाशीलताको लागि राष्ट्रपतिले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ । आन्दोलनकारी शक्तिले सरकार परिवर्तनको इच्छा राखेको र अहिलेको संविधानको मर्म र भावना अनुसार नै सरकार गठन गर्न सकिने बारको भनाइ छ ।
बारले लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीजस्तो नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका र संविधानमा लेखिएका उपलब्धीमा कुनै पनि बहानामा सम्झौता हुन नहुने बताएको छ ।
‘यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखको रुपमा सम्माननीय राष्ट्रपतिज्यूबाट भै राख्न हार्दिक अनुरोध गर्न चाहन्छौं’, बारको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् राष्ट्रपतिलाई बारले लेखेको पत्र


कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






