सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र चुनाव गराउनुपर्ने
                                                                    
                                
                            पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान अनुसार आफूमा रहेको अन्तरनिहीत अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गर्ने जिम्मेवारी दिइएको छ ।
मुलुकको विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार राजनीतिक दल र सरोकारवालासँगको परामर्शका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी राष्ट्रपतिले सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेका राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले बताएका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार नै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न देशका राजदूत, नेपाल सरकारका सचिवहरु सहभागी थिए ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



