८ दलले भने : प्रतिनिधिसभा बिघटन फिर्ता लेऊ
विघटित प्रतिनिधिसभाका विभिन्न ८ दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका प्रमुख सचेतकले संयुक्त विज्ञप्ति जारी गरी तत्काल संसद बैठक बोलाउन माग गरेका छनु ।
उनीहरुले आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न पनि माग गरेका छन् ।
शुक्रबार राति नियुक्त भएलगत्तै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा बिघटनको सिफारिस गरेकी थिइन् । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संसद बिघटन गरेका थिए ।
बिघटित प्रतिनिधिसभाका ८ दलले भने संसद बिघटन असंवैधानिक भएको जिकिर गरेका छन् । ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

