रवि लामिछानेले भने : म नख्खु कारागार फर्किन्छु
                                                                    
                                
                            राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन् । शनिबार अपरान्ह एक भिडियो सार्वजनिक गर्दै उनले आफू कारागारमा फर्किने बताएका हुन् ।
'संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु', उनले भनेका छन् ।
लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिर निस्केका थिए । उनले कारागारले नै आफूलाई सुरक्षाका लागि घर पठाएको बताउँदै अएङ्का थिए ।
शनिबारको भिडियोमा उनले कारागारले प्रशासनले जेल जोगाउन आफूलाई घर पठाएको बताएका छन् । 'जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न', उनले भनेका छन् ।
लामिछानेले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा युवाहरुमाथि भएको गोली प्रहारको घटना र त्यसको भोलिपल्ट सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पत्ति आगजनी र लुटपाटको घटनाको छानबिन गर्न माग गरेका छन् ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



