रवि लामिछानेले भने : म नख्खु कारागार फर्किन्छु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन् । शनिबार अपरान्ह एक भिडियो सार्वजनिक गर्दै उनले आफू कारागारमा फर्किने बताएका हुन् ।
'संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु', उनले भनेका छन् ।
लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिर निस्केका थिए । उनले कारागारले नै आफूलाई सुरक्षाका लागि घर पठाएको बताउँदै अएङ्का थिए ।
शनिबारको भिडियोमा उनले कारागारले प्रशासनले जेल जोगाउन आफूलाई घर पठाएको बताएका छन् । 'जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न', उनले भनेका छन् ।
लामिछानेले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा युवाहरुमाथि भएको गोली प्रहारको घटना र त्यसको भोलिपल्ट सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पत्ति आगजनी र लुटपाटको घटनाको छानबिन गर्न माग गरेका छन् ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



