राष्ट्रपतिको अपिल : फागुन २१ को चुनावलाई सबैले सहयोग गरौं
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने चुनावमा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले जनताले चुनावमार्फत लोकतन्त्रको अझ उन्नत बाटोमा अघि बढ्ने अवसर पाएको बताएका छन् ।
जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी छन् । उनले प्रतिनिधिसभा भंग गर्दै फागुान २१ गते निर्वाचन घोषणा गरेकी छन् ।
त्यसको भोलिपल्ट विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका हुन् ।
उनले अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नप्रश्चात शान्तिपूर्ण निकास निस्किएको भन्दै यसले संविधान र संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको बताएका छन् ।
‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्’, उनले भनेका छन् । राष्ट्रपति पौडेलले यो अवसर बडो जुक्तिले पाएको भन्दै जनता रिझाउन र आफैंमा सम्हालिँदै चुनावमा सामेल हुन अपिल गरेका छन् ।
हेर्नुहोस् राष्ट्रपतिको अपिल

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



