ओलीविरुद्ध परेको जाहेरी के हुन्छ ?
२८ भदौ, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी परेको भनेर समाचारहरु आएका छन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षाकर्मी समेत छन् । आन्दोलनको पहिलो दिन २३ भदौमा सरकारले बल प्रयोग गर्दा ठूलो मानवीय क्षति भएको थियो ।
आन्दोलनको बलमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । यो सरकारको मुख्य दायित्व भनेको ६ महिनाभित्र चुनाव गराउने हो ।
सँगसँगै आन्दोलनका क्रममा भएको बल प्रयोग र आगजनीको छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने हो । यही बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहरीमा जाहेरी परेको भनेर समाचारहरु आएको हो । जाहेरी पत्र समेत सार्वजनिक भएको छ ।
तर यसले वैधानिकता पाउने अवस्था नरहेको देखिएको छ ।
किनकी यो आन्दोलनमा गोली चलेको क्षेत्र नयाँ बानेश्वर नजिकैको प्रहरी कार्यालय महानगरीय प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरी होइन । यो त कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङलाई दिइएको छ ।
जाहेरीकर्ता कपिलवस्तुका संविधानसभाका सदस्य अभिषेप्रताप शाह हुन् । सीडीओ तामाङका अनुसार शाहले ज्ञापनपत्र बुझाउनु छ भनेर जाहेरी पत्र दिएका थिए ।
सीडीओ तामाङका अनुसार यस्तो उजुरी घटना भएको स्थान नजिकैको प्रहरी कार्यालयमा बुझाउनुपर्छ । यदि त्यस्तो कार्यालयले नबुझेमा त्यसभन्दा माथिल्लो कार्यालयलाई बुझाउने व्यवस्था छ ।
प्रहरीको कार्यक्षेत्रमा पर्ने विषयमा आफ्नो कार्यालयले कारबाही गर्न नसक्ने समेत उनले जानकारी दिए । सीडीओ तामाङले भने, ‘यो उपर कुनै कारबाही गर्ने जिम्मेवारी मेरो होइन ।’
हेर्नुहोस् अभिषेकप्रताप शाहले कपिलवस्तुका सीडीओलाई दिएको पत्र


हेर्नुहोस् कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्ति

८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



