रेशमले छाडे नागरिक उन्मुक्ति, अर्को पार्टी बनाउने घोषणा
२९ भदौ, काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल बनाउने समेत घोषणा गरेका छन् ।
प्रतिनिधिसभा विघटन भएर फागुन २१ गते निर्वाचन घोषणा भएसँगै रेशमले नागरिक उन्मुक्ति पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले थरुहट आन्दोलनका राजबन्दीहरुको रिहाइका लागि रञ्जिता श्रेष्ठ लगायतलाई धन्यवाद दिए । पार्टीमा कसैप्रति गुनासो नरहेको भन्दै उनले भनेका छन्, ‘धेरै अलमलिनुभन्दा बाटो बदल्नु बेस् । म अलमलिन चाहन्न ।’
उनले आफ्नो आवाज र भावना बोलिदिने व्यक्तिलाई (नेतृत्वमा) थापना गरेर नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने बताएका छन् । हिजो नागरिक उन्मुक्ति पार्टीमा रहेकाहरुलाई आफ्नो पार्टीमा आउन समेत आग्रह गरेका छन् ।
चौधरीले डिल्लीबजार कारागारमा रहेका बेला श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा पार्टी बनाएका थिए । २०७९ मा भएको प्रतिनिधिसभा चुनावले ४ सिट जित्यो भने प्रदेशसभामा पनि केही सिट जितेको थियो ।
त्यही पार्टीको बलमा रेशम राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि पार्टीमा कलह बढ्यो । पछिल्लो पटक रेमश पक्षले रञ्जितालाई अध्यक्षबाट हटाएको पनि थियो, तर निर्वाचन आयोगले मान्यता दिएन । त्यसपछि रञ्जिता पक्षले रेशम विना नै बैठक गरेको थियो ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



