रेशमले छाडे नागरिक उन्मुक्ति, अर्को पार्टी बनाउने घोषणा
                                                                    
                                
                            २९ भदौ, काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल बनाउने समेत घोषणा गरेका छन् ।
प्रतिनिधिसभा विघटन भएर फागुन २१ गते निर्वाचन घोषणा भएसँगै रेशमले नागरिक उन्मुक्ति पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले थरुहट आन्दोलनका राजबन्दीहरुको रिहाइका लागि रञ्जिता श्रेष्ठ लगायतलाई धन्यवाद दिए । पार्टीमा कसैप्रति गुनासो नरहेको भन्दै उनले भनेका छन्, ‘धेरै अलमलिनुभन्दा बाटो बदल्नु बेस् । म अलमलिन चाहन्न ।’
उनले आफ्नो आवाज र भावना बोलिदिने व्यक्तिलाई (नेतृत्वमा) थापना गरेर नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने बताएका छन् । हिजो नागरिक उन्मुक्ति पार्टीमा रहेकाहरुलाई आफ्नो पार्टीमा आउन समेत आग्रह गरेका छन् ।
चौधरीले डिल्लीबजार कारागारमा रहेका बेला श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा पार्टी बनाएका थिए । २०७९ मा भएको प्रतिनिधिसभा चुनावले ४ सिट जित्यो भने प्रदेशसभामा पनि केही सिट जितेको थियो ।
त्यही पार्टीको बलमा रेशम राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि पार्टीमा कलह बढ्यो । पछिल्लो पटक रेमश पक्षले रञ्जितालाई अध्यक्षबाट हटाएको पनि थियो, तर निर्वाचन आयोगले मान्यता दिएन । त्यसपछि रञ्जिता पक्षले रेशम विना नै बैठक गरेको थियो ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



