प्रधानमन्त्री कार्की भन्छिन् : ६ महिनाका लागि मात्र आएका हौं
                                                                    
                                
                            २९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभन्दा बढी नबस्ने अठोटका साथ आफू आएको बताएकी छन् ।
पदभार ग्रहणपछि सचिवहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सबैतिरबाट ‘सुशीलालाई जिम्मा देऊ’ भनेर आवाज उठेपछि आफूले जिम्मेवारी लिएको बताइन् । आफू रहरले नआएको भन्दै उनले भनिन्, सत्तापदको रसस्वादन गर्न आएको होइन, मेरो उमेर पनि होइन ।’
मुलुकले खोजेपछि किन सेवा नगर्ने भनेर आएको उनले प्रष्ट पारिन् ।
‘यो बेलामा हामीलाई खोजियो, किन सेवा नगर्ने भनेर आएका हौं, ६ महिनाभित्र कुनै पनि हालतमा हाम्रो काम कारबाही पूरा गरेर मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीलाई सुम्पिने अठोट गरेका छौं’, प्रधानमन्त्री कार्कीले भनिन् ।
यसका कर्मचारी संयन्त्र, सुरक्षा निकाय सबैको साथ चाहिने उनले बताइन् ।
युवाहरुको आन्दोलनले २७ घण्टामा कायापलट गरेको भन्दै उनले उनीहरुको भावना र सोचअनुसार काम गर्न निर्देशन दिइन् ।
‘उनीहरुले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानता मागेको हुनाले हामीले अठोट गर्नुपर्ने छ’ उनले भनिन् ।
आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको र परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरिसकेको छ । त्यसबाहेक मृतकको शव घरसम्म लैजान यातायात खर्च दिने र काठमाडौंमा बस्दाको खाना तथा आवास खर्च पनि व्यहोर्ने प्रधानमन्त्री कार्कीले बताइन् ।
आन्दोलनका क्रममा धेरै व्यापारीहरुले पनि ठूलो क्षति व्यहोरेको र उनीहरुलाई पनि सम्बोधन गर्न आवश्यक रहेको प्रधानमन्त्री कार्कीले बताइन् । व्यवसायीलाई राहत र सफ्टलोन पनि दिइनेबारे पनि छलफल भइरहेको उनले बताएकी छन् ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)