राजनीति
राष्ट्रपति कार्यालयबाटै लुटिए कम्प्युटर, टिभी र कुर्सी
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालयबाट कम्प्युटर, ल्यापटप र कुर्सीहरु लुटपाट भएको पाइएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आगलागी र तोडफोडका क्रममा कम्प्युटर, ल्यापटप, स्क्यानर, टिभी र कुर्सी लगायतका सामान लुटपाट र चोरी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गरेर राष्ट्रपति कार्यालय लेखेका सामानहरु कतै देखेमा वा भेट्टाएमा बुझाइदिन अनुरोध गरेको छ ।
त्यसका लागि कर्मचारीको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने भन्दै राष्ट्रपति कार्यालयले सामान फिर्ताको अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको सूचना

प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
आइतबार, असार ७, २०८३
रास्वपामा छैन रविको विकल्प
शुक्रबार, असार ५, २०८३
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
बुधबार, जेठ २७, २०८३
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन
मंगलबार, जेठ २६, २०८३
‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’
आइतबार, जेठ १७, २०८३
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)

