चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
                                                                    
                                
                            ३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चुनावमा पक्षमा उभिएका छन् । कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहेका बेला महामन्त्री थापा चुनावको पक्षमा धारणा राखेका हुन् ।
जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन भयो, त्यो संविधानसम्मत छैन भन्ने कांग्रेसको निष्कर्ष भएको उनले बताएका छन् ।
तर, अन्तरिम सरकार गठन भएर निर्वाचनको मिति घोषणा भइसकेको भन्दै उनले भनेका छन्, ‘एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं । यसका निमित्त निर्वाचन गराउने जिमेवारी लिएर आएको सरकारलाई सहयोग गरौं ।’
यदि सरकार यो जिम्मेवारीबाट विचलित हुन खोजे खबरदारी गर्नुपर्ने उनको जोड छ । ‘भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ’, उनले भने ।
कांग्रेस महामन्त्री थापाले पार्टी पुनर्गठनमा समेत जोड दिएका छन् । पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको भन्दै उनले प्रस्ताव गरेका छन्, ‘संविधान दिवशकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं ।’
जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि मुद्दा र शैलीमा आमूल सुधार जरुरी रहेको महामन्त्री थापाको जोड छ ।
पार्टीमा आफूले सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्ने भन्दै उनले भनेका छन्, 'यसका लागि म सहर्ष महामन्त्री पद छाड्न तयार छु ।’
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



