चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चुनावमा पक्षमा उभिएका छन् । कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहेका बेला महामन्त्री थापा चुनावको पक्षमा धारणा राखेका हुन् ।
जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन भयो, त्यो संविधानसम्मत छैन भन्ने कांग्रेसको निष्कर्ष भएको उनले बताएका छन् ।
तर, अन्तरिम सरकार गठन भएर निर्वाचनको मिति घोषणा भइसकेको भन्दै उनले भनेका छन्, ‘एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं । यसका निमित्त निर्वाचन गराउने जिमेवारी लिएर आएको सरकारलाई सहयोग गरौं ।’
यदि सरकार यो जिम्मेवारीबाट विचलित हुन खोजे खबरदारी गर्नुपर्ने उनको जोड छ । ‘भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ’, उनले भने ।
कांग्रेस महामन्त्री थापाले पार्टी पुनर्गठनमा समेत जोड दिएका छन् । पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको भन्दै उनले प्रस्ताव गरेका छन्, ‘संविधान दिवशकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं ।’
जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि मुद्दा र शैलीमा आमूल सुधार जरुरी रहेको महामन्त्री थापाको जोड छ ।
पार्टीमा आफूले सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्ने भन्दै उनले भनेका छन्, 'यसका लागि म सहर्ष महामन्त्री पद छाड्न तयार छु ।’
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






