हर्क साम्पाङ किन रिसाए बालेनसँग ?

भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनले सिंहदरबारको शासन सत्ता ढाल्यो । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए, जेनजीहरुको रोजेको व्यक्ति प्रधानमन्त्री हुने अवस्था आयो ।
जेनजीहरुको माग त काठमाडौं महानगरका मेयर बालेन शाह भन्ने थियो । तर उनी अगाडि नसरेपछि धरानका मेयर हर्क अगाडि आए ।
धरानबाट काठमाडौं आए, प्रधानसेनापति अशोक सिग्देलसँग भेटवार्ता गरे । जङ्गी अड्डा बाहिर पनि उनको पक्षमा नाराबाजी भयो ।
तर उनी प्रधानमन्त्री बन्ने अवस्था बनेन । जेनजीहरुले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारे । बालेनले पनि समर्थन गरे । दलहरुले समेत उनलाई स्वीकार गर्ने देखेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति अबेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे ।
मेयर हर्क सम्पाङले गृहमन्त्रीका लागि लबिङ गरे । प्रधानमन्त्री भेट्न बालुवाटार समेत पुगे । तर प्रधानमन्त्री कार्कीले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई रोजिन् ।
पूर्वसचिव रामेश्वर खनाल अर्थमन्त्री र कुलमान घिसिङ ऊर्जामन्त्री बने । प्रधानमन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद् १० देखि ११ सदस्यीय बनाउने गृहकार्य भइरहेको छ । मन्त्री छनोट गर्दा समावेशी पनि बनाउने योजना छ, तर नामहरु टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्री बन्न काठमाडौंका आएका मन्त्री समेत नहुने अवस्था भएपछि मेयर हर्क सम्पाङ धरान फर्किए । उनलाई पत्रकारहरुलाई सोधीखोजी गरे ।
त्यही क्रममा उनी रोएका हुन् । भएको के थियो भने कुराकानी गर्ने क्रममा उनले जेनजी आन्दोलनमा आफू सहभागी भएकोदेखि प्रधानमन्त्री हुन काठमाडौं आउँदासम्मको घटना सिलसिलेबार रुपमा बयान गर्दै थिए ।
त्यही क्रममा उनले अरु सबै नेता लुकेर बसेको बेला आफू सडकमा आएको सम्झिए । भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनले सरकारले अत्यधिक बल प्रयोग गर्यो, १९ जनाको मृत्यु भयो । त्यसपछि देशभरि आक्रोश फैलियो ।
भदौ २४ गते झन् ठूलो विरोध प्रदर्शन भयो । धरानमा पनि ठूलो जुलुस निस्कियो । मेयर साम्पाङ पनि जुलुसमा आए, भानुचोकमा जुलुसलाई सम्बोधन गरेर घर गए ।
तर राजनीतिक घटनाक्रम तीव्र रुपमा परिवर्तन भइरहेको थियो । आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिए । अन्तरिम राष्ट्रिय सरकारको नेतृृत्व गर्ने व्यक्तिका रुपमा धेरैको नाम चर्चामा आयो । त्यसमा उनको नाम पनि थियो । उनका अनुसार देशभरबाट उनलाई फोन आएको थियो ।
त्यही सुनाउने क्रममा भक्कानिए ।
नेता भनिएका सबै लुकेका थिए, उनलाई पनि गोली लाग्नसक्छ भन्ने सचेत गराइएको थियो । तर देशलाई बचाउनका लागि आफूले सरकारको नेतृत्व गर्नसक्छु भनेर हिम्मत गरेको मेयर सम्पाङले सुनाए ।
उनले प्रधान सेनापति अशोक सिग्देलसँग भएको भेटवार्तामा केके कुराकानी भएको सुनाए । उनका अनुसार जङ्गी अड्डामा भएको त्यो भेटमा सिग्देलले रक्तपात वा सैनिक शासन आफूहरुले नचाहेको बताएका थिए ।
त्यहाँ प्रधानमन्त्रीमा रुपमा सुशीला कार्कीको नाम आएको बताए । त्यसपछि जेनजीहरुले आफ्नो नाम लिएको, यही विषयमा जेनजी समूहबीच नै कुटाकुट भएको हर्क बताउँछन् ।
तर आफूले विवाद नचाहेको दाबी गरे । त्यसका बाबजुद आफूलाई पद लोलुप भनेकोमा दुखेसो गरे । अनि शक्ति केन्द्रहरुलाई ढोग्दैन, दूताबास धाउँदैन भनेर नै हर्क सम्पाङलाई क्याबिनेटमा राख्नु हुँदैन भनेर निर्णय गरिएको विवादास्पद दाबी गरे ।
उनले सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाए । केपी ओली एक जना वृद्धको ठाउँमा अर्को सुशीला कार्की वृद्धलाई ल्याएर परिवर्तन नहुने जिकिर गरे ।
हर्कको आक्रोश बालेनतिर छ । उनले कसलाई प्रधानमन्त्री बनाउने भन्ने पहिले नै डिजाइन भएको भन्दै आक्रोश पोखे । जेनजी आन्दोलनको चाहना प्रत्यक्ष रुपमा कार्यकारी प्रमुख छान्नुपर्छ भन्ने थियो । तर आन्दोलनको यो म्याण्डेट पूरा नभएको बताए ।
एउटा चुनाव गराउन र फेरि प्रतिनिधिसभामा सांसद पठाउन खोजिएको उनको दाबी छ । उनले दुई चार जना गेमरको प्लान अनुसार काम भइरहेको भन्दै तोडफोड र हत्या हिंसाको जिम्मा तिनैले लिनुपर्ने बताए । उनले गेमर भनेर कोप्रति संकेत गरे भन्ने खुलेको छैन ।
हर्कको भिडियो पोस्ट भएको केहीबेरमा नै बालेनले फेसबुकमा उनलाई सम्बोधन गर्दै स्टाटस लेखे, ‘डियर हर्क साम्पाङ, तिमीले मलाइ जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साचो हो । यू आर माई ट्रु लभ ।’

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
