जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजी आन्दोलनबाट अहिलेको संविधान खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहित अन्तरिम संविधान जारी गर्नुपर्नेमा गम्भीर चुक भएको निश्कर्ष निकालेको छ ।
बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले त्यत्रो ठूलो बिद्रोह र बलिदानीपछि कम्तीमा अन्तरिम संविधान बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी र गैरदलीय स्थानीय तह बनाउनुपर्ने ठहर गरेको हो ।
‘यत्रो ठूलो बिद्रोह र बलिदानीपछि कम्तीमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तहजस्ता विषयलाई टुंग्याएर मात्र अगाडि बढ्नुपथ्र्यो । यसमा गम्भीर चुक भयो भन्ने राप्रपाको धारणा छ’, बैठकपछि राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनका अनुसार असफल भएको संविधानबाट कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो ।
अब भविष्यमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी आवश्यक रहेको राप्रपाको भनाइ छ ।
राप्रपाले जेनजी विद्रोहका दमनकारीलाई कारबाही गर्न, ०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तको सम्पत्ति छानबिन गर्न, प्रदेश संरचना खारेज गर्न, पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै स्थानीय तह गैरदलीय हुनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने, अभिभावकीय संस्थाका रुपमा राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम गर्न पनि माग गरेको छ ।
हेर्नुहोस् राप्रपाको विज्ञप्ति
-1758197652.jpg)
-1758197665.jpg)
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

