देउवाको टाउकोमा गम्भीर चोट, १२ वटा टाँका लगाइयो
भदो २४ गतेको आन्दोलनमा आफ्नो घरभित्रै सांघातिक आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोको पछाडि भागमा ठूलो चोट लागेको पाइएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार टाउकोको पछाडिपट्टि गर्धनभन्दा माथि ठूले चोट लागेको र त्यस घाउमा १२ वटा टाँका लगाइएको थियो ।
उक्त चोट के को भन्ने खुलेको छैन । डाक्टरले धारिलो हतियारका कारण छालाको भाग काटिएको बताएका प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
त्यस्तै गर्धनमा पनि सामान्य चोट लागेको उनले बताए । अहिले दुबै चोट निको हुँदै गएको र देउवाले बोलचाल र हिँडडुल गर्न सक्ने, पार्टीका नेता र अरुसँग सम्पर्क गर्न सक्ने अवस्थामा रहेका नेता विश्वकर्माले बताए ।
भदौ २४ गते घरभित्रै आक्रमणमा परेका कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवालाई उद्दार गरेर उपचारका लागि सैनिक अस्पताल लगिएको थियो ।
दुबैको उपचार राम्रो भएको र अहिले अवस्था सुधार भएको कांग्रेसले बताएको छ ।
यद्यपि सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा अप्ठेरो महसुस हुने भएकाले डाक्टरले अझै केही दिन अस्पतालमै रहन आग्रह गरेका छन् ।
घर फर्केपछि भेटघाट गर्नेहरुको भिड लाग्ने र पूर्ण रुपमा निको हुन समय लाग्ने हुनाले केही दिन अस्पतालमै रहने नेता विश्वकर्माले बताए ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






