जेनजी आन्दोलनबाट सर्वोच्चसँगै ७ उच्च र १४ जिल्ला अदालतमा क्षति
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतसँगै देशभरिका २२ अदालत जलेको पाइएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार सर्वोच्च अदालत, विशेष अदालत, ७ वटा उच्च अदालत र १४ वटा जिल्ला अदालत जलेका छन् ।
उच्च अदालत विराटनगर, उच्च अदालत वीरगञ्जको राजविराज इजलास, उच्च अदालत पोखरा, उच्च अदालत तुल्सीपुर, बुटवल इजलास र नेपालगञ्ज इजलास अनि उच्च अदालत पाटनको बुटवल इजलास जलेको प्रधानन्यायाधीश राउतले पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा बताएका छन् ।
त्यस्तै मोरङ, सप्तरी, सिरहा, काठमाडौं, सिन्धुली, मकवानपुर, चितवन, कास्की, कपिलवस्तु तनहुँ, दाङ, बाँके, कैलाली र सर्लाही जिल्ला अदालत पनि जलेका छनु ।
अदालतमा आगजनी तोडफोड र लुटपाट हुँदा भवन र फर्निचरका साथै मुद्दासँग सम्बन्धित धेरै प्रमाणहरु नष्ट भएका छन् । तीबाहेक अन्य ऐतिहासिक दस्तावेजहरु पनि नष्ट भएका उनले बताए ।
प्रधानन्यायाधीश राउतका अनुसार आन्दोलनका क्रममा जेलबाट बाहिर निस्केका कैदीबन्दीहरु आफ्नो मुद्दा भएको अदालतमा पुगेका थिए । उनीहरुले नै जलाएको आशंका गर्दै उनले यस विषयमा छानबिन हुनुपर्ने बताए ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

