जेनजी आन्दोलनबाट सर्वोच्चसँगै ७ उच्च र १४ जिल्ला अदालतमा क्षति
जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतसँगै देशभरिका २२ अदालत जलेको पाइएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार सर्वोच्च अदालत, विशेष अदालत, ७ वटा उच्च अदालत र १४ वटा जिल्ला अदालत जलेका छन् ।
उच्च अदालत विराटनगर, उच्च अदालत वीरगञ्जको राजविराज इजलास, उच्च अदालत पोखरा, उच्च अदालत तुल्सीपुर, बुटवल इजलास र नेपालगञ्ज इजलास अनि उच्च अदालत पाटनको बुटवल इजलास जलेको प्रधानन्यायाधीश राउतले पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा बताएका छन् ।
त्यस्तै मोरङ, सप्तरी, सिरहा, काठमाडौं, सिन्धुली, मकवानपुर, चितवन, कास्की, कपिलवस्तु तनहुँ, दाङ, बाँके, कैलाली र सर्लाही जिल्ला अदालत पनि जलेका छनु ।
अदालतमा आगजनी तोडफोड र लुटपाट हुँदा भवन र फर्निचरका साथै मुद्दासँग सम्बन्धित धेरै प्रमाणहरु नष्ट भएका छन् । तीबाहेक अन्य ऐतिहासिक दस्तावेजहरु पनि नष्ट भएका उनले बताए ।
प्रधानन्यायाधीश राउतका अनुसार आन्दोलनका क्रममा जेलबाट बाहिर निस्केका कैदीबन्दीहरु आफ्नो मुद्दा भएको अदालतमा पुगेका थिए । उनीहरुले नै जलाएको आशंका गर्दै उनले यस विषयमा छानबिन हुनुपर्ने बताए ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)