राजनीति
जनमतका नेताहरुले बनाए नयाँ पार्टी
४ असोज, काठमाडौं । जनमत पार्टीबाट अलग भएको समूहले नयाँ पार्टी गठन गरेको छ । पार्टीको नाम जनस्वराज राखिएको छ भने अध्यक्ष दीपककुमार साह छन् ।
जनकपुरमा दुई दिनसम्म भएको भेलाले नयाँ पुराना दलहरूको असफलता र संकुचित सोच, बेथिति र भ्रष्टाचार, आत्मकेन्द्रित र विभाजनकारी मानसिकताले देशलाई गम्भीर संकटमा धकेलेको निष्कर्ष निकालेको छ ।
बैठकले साहको नेतृत्वमा जनस्वराज पार्टीको घोषणा गरेको छ । डा. संजय कुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग, सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग र साहको संयोजकत्वमा राजनीतिक संगठन विभाग समेत गठन गरेको छ ।
दीपककुमार जनमतको उपाध्यक्ष थिए भने सुरेन्द्रनारायण कोषध्यक्ष । तर जनमतले स्पष्टीकरण सोध्दै कारबाही गरेपछि उनीहरु लगत पार्टी बनाउने अभियानमा जुटेका थिए ।
प्रकाशित मिति:
शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



