राजनीति
जनमतका नेताहरुले बनाए नयाँ पार्टी
४ असोज, काठमाडौं । जनमत पार्टीबाट अलग भएको समूहले नयाँ पार्टी गठन गरेको छ । पार्टीको नाम जनस्वराज राखिएको छ भने अध्यक्ष दीपककुमार साह छन् ।
जनकपुरमा दुई दिनसम्म भएको भेलाले नयाँ पुराना दलहरूको असफलता र संकुचित सोच, बेथिति र भ्रष्टाचार, आत्मकेन्द्रित र विभाजनकारी मानसिकताले देशलाई गम्भीर संकटमा धकेलेको निष्कर्ष निकालेको छ ।
बैठकले साहको नेतृत्वमा जनस्वराज पार्टीको घोषणा गरेको छ । डा. संजय कुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग, सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग र साहको संयोजकत्वमा राजनीतिक संगठन विभाग समेत गठन गरेको छ ।
दीपककुमार जनमतको उपाध्यक्ष थिए भने सुरेन्द्रनारायण कोषध्यक्ष । तर जनमतले स्पष्टीकरण सोध्दै कारबाही गरेपछि उनीहरु लगत पार्टी बनाउने अभियानमा जुटेका थिए ।
प्रकाशित मिति:
शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
बिहीबार, पुस ३, २०८२
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
बिहीबार, पुस ३, २०८२
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सोमबार, मंसिर २९, २०८२
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
बुधबार, मंसिर २४, २०८२
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश
सोमबार, मंसिर १५, २०८२
'चुनाव विथोल्न एमाले मधेशलाई रणभूमि बनाउन खोज्दैछ'
बुधबार, मंसिर ३, २०८२
ट्रेन्डिङ






-1765982600.jpg)