जेनजी आन्दोलनमाथिको दमन छानबिन गर्न कार्की नेतृत्वमा समिति गठन
सरकारले जेनजी आन्दोलनमाथि भदौ २३ गते भएको दमनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा सहेको आयोगमा एआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगलाई तीन महिना म्याद दिइएको छ ।
भदौ २३ गते जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनमा नयाँ बानेश्वरमा संसद भवन अगाडि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने १०० भन्दा धेरै घाइते भएका थिए ।
अघिल्लो दिन सरकारले अत्यधिक बल प्रयोग गरेपछि भोलिपल्ट आक्रोशस्वरुप हजारौं मानिसहरु सडकमा आएका थिए । त्यो भिडले प्रधानमन्त्री कार्यालय, संसद भवन, सर्वोच्च अदालतलगायत सरकारी भवन, नेताका घरहरु, व्यापारिक भवनहरुमाथि आगजनी गरेको थियो ।
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को प्रमुखमा एआईजी मनोज केसीको सरुवा गरेको छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)