जेनजी आन्दोलनमाथिको दमन छानबिन गर्न कार्की नेतृत्वमा समिति गठन
सरकारले जेनजी आन्दोलनमाथि भदौ २३ गते भएको दमनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा सहेको आयोगमा एआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगलाई तीन महिना म्याद दिइएको छ ।
भदौ २३ गते जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनमा नयाँ बानेश्वरमा संसद भवन अगाडि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने १०० भन्दा धेरै घाइते भएका थिए ।
अघिल्लो दिन सरकारले अत्यधिक बल प्रयोग गरेपछि भोलिपल्ट आक्रोशस्वरुप हजारौं मानिसहरु सडकमा आएका थिए । त्यो भिडले प्रधानमन्त्री कार्यालय, संसद भवन, सर्वोच्च अदालतलगायत सरकारी भवन, नेताका घरहरु, व्यापारिक भवनहरुमाथि आगजनी गरेको थियो ।
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को प्रमुखमा एआईजी मनोज केसीको सरुवा गरेको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



