जीर्ण सडक अनुगमनमा कुलमान, धुलिखेल पुगेर भने–छिटो सक्नू
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जीर्ण भएका निर्माणाधीन सडकको स्थलगत अनुगमन सुरु गरेका छन् । उनले सोमबार सूर्यविनायक–धुलिखेल र धुलिखेल–खावा सडको अनुगमन गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै काममा भएको ढिलाइ प्रति असुन्तुष्टि जनाए ।
चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिए । यातायात आवागमनलाई सहज बनाउन भन्दै उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए तत्काल छिनोफानो गर्न निर्देशन दिए । जनशक्ति र उपकरण थप गरी निर्माणको कामलाई तीव्र बनाएर चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न उनको निर्देशन थियो ।
हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत मात्रै बाम भएको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत काम सकिएको छ ।
आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभाव लगायतका कारणले आयोजना प्रभावित छ ।
महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्छ, तर सरकारले ५० करोड मात्र विनियोजन गरेको छ । मन्त्री घिसिङले बजेटको अभाव हुन नदिने आवश्यक पहल गर्ने बताएका छन् ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

