जीर्ण सडक अनुगमनमा कुलमान, धुलिखेल पुगेर भने–छिटो सक्नू
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जीर्ण भएका निर्माणाधीन सडकको स्थलगत अनुगमन सुरु गरेका छन् । उनले सोमबार सूर्यविनायक–धुलिखेल र धुलिखेल–खावा सडको अनुगमन गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै काममा भएको ढिलाइ प्रति असुन्तुष्टि जनाए ।
चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिए । यातायात आवागमनलाई सहज बनाउन भन्दै उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए तत्काल छिनोफानो गर्न निर्देशन दिए । जनशक्ति र उपकरण थप गरी निर्माणको कामलाई तीव्र बनाएर चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न उनको निर्देशन थियो ।
हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत मात्रै बाम भएको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत काम सकिएको छ ।
आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभाव लगायतका कारणले आयोजना प्रभावित छ ।
महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्छ, तर सरकारले ५० करोड मात्र विनियोजन गरेको छ । मन्त्री घिसिङले बजेटको अभाव हुन नदिने आवश्यक पहल गर्ने बताएका छन् ।
नेपालमै बसेर विदेशमा लगानी गर्न दिने तयारी, के हुन्छ लाभ–हानी ?
नाफाखोरी रोक्न नियम फेर्दा बजारमा हलचल, के हो एमआरपी विवाद ?
स्वर्णिमले ढाँटेनन्, बरू देखाए १० थरि सम्भावना
रामलालको त्यो बिरासत, शेखर गोल्छाको यो हविगत
आधा महिनामै तलब दिनुको नाफा घाटा


-1777978198.png)




