निको हुँदैछन् पवन, देशका खेल्ने सपना टुटेको छैन
भदौ २३ गते बानेश्वरमा संसद भवन अगाडि आन्दोलनमा गोली चल्यो, पवन शाहीलाई पनि गोली लाग्यो ।
पवनको मृत्यु भएको खबर सामाजिक सञ्जाल र मिडियामा फैलियो । तर उनी जीवित छन् । पवनको अहिले पेट र हातबाट गोली निकालिएको छ । गोली लागेको एउटा आन्द्राको अपरेसन गर्न बाँकी छ ।
ललितपुर एफसीबाट नेपाल सुपर लिग खेलेका उनको सपना छ, राष्ट्रिय फुटबल टिमबाट डेब्यू गर्ने ।
पवनले स्कुल र क्याम्पसमा पनि खेल्ने राम्रो वातावरण पाए । अहिले पनि नियमित अभ्यास गरिरहेका थिए । उनलाई घाइते भए पनि निको भएर खेलमा फर्किन सकिन्छ कि भन्ने लागेको छ ।
बाबु ऐनबहादुरलाई भने छोरा अब खेलमा फर्किन सक्दैन कि भन्ने परेको छ । किनकी गोली लागेको घाउ निको हुन धेरै समय लाग्छ । पेटमा गोली लागेका कारण कमजोर बनाउने हो कि भन्ने ऐनबहादुरको भनाइ छ ।
बाबु ऐनबहादुरलाई छोरा आन्दोलनमा गएर घाइते भएकामा धेरै दुःख लागेको छैन । बरु उनी आफ्नो छोराहरु जस्तै युवाको आवाज अब सिंगो देशले सुन्नुपर्ने बताउँछन् ।
जेनजी आन्दोलन तत्कालिन राजनीतिक दल र तिनीहरुको नेतृत्वको अकर्मन्यताका कारण भएको ऐनबहादुर बताउँछन् । उनीहरुले ठीक ढंगले काम नगरिदिएकाले युवाहरुले आन्दोलन गरेका हुन् ।
आशा छ, सरकारले ऐनबहादुर र मिठुमायाहरुको भावना बुझ्ने छ । पवनहरु जस्ता घाइतेहरुलाई सुन्ने छ । र, जेनजी आन्दोलनका क्रममा युवाहरुले बगाएको रगत खेर जान दिने छैन ।
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




