सुनकोशी-मरिण र भेरी-बबईको ठेक्का तोड्ने कुलमानको चेतावनी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको काम अघि बढ्न नसकेकामा असन्तुष्टि जनाएका छन् ।
उनले एक हप्ताभित्र ठेकेदार र परामर्शदाताको प्रतिवद्धतासहित कामको तालिका ल्याउन दुबै आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । यदि ठेकेदारहरु त्यसमा तयार नभए ठेक्का तोड्न निर्देशन दिएका छन् । तर यी दुबै आयोजना यथास्थितिमा अगाडि बढ्न भने नसक्ने मन्त्री घिसिङले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरेका थिए ।
सुरुङ मार्फत पानी पठाएर बिजुली र सिँचाइ गर्ने योजनाका साथ सुरु भएका यी दुबै आयोजना राष्ट्रिय गौरवका योजना हुन् । तर दुबै आयोजना निर्माणमा अस्वभाविक ढिलाइ भएको छ ।
सुनकोशी मरिण आयोजना सिन्धुलीमा सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसाएर बिजुली निकाल्ने र मधेशमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको हो ।
त्यस्तै भेरी बबइ आयोजना सुर्खेतमा भेरीको पानी बबइमा खसालेर बिजुली निकाल्ने र सिँचाइ सुविधा पुर्याउने गरी निर्माण थालिएको थियो ।
मन्त्री घिसिङले यी दुई आयोजनामा गरी ३० अर्ब रुपैयाँ खर्च भइसकेको तर त्यसको उपलब्धी शून्य रहेको बताए ।
दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन् । 'तराई/मधेशमा सिँचाइका लागि पानीको हाहाकार छ, यो स्थितिमा आयोजना चल्न सक्दैनन्', उनले भनेका छन् ।
भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युतगृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ ।
सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?
ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
रास्वपाको सरकारले कर घटाउँछ ?
नेपालको भविष्य बदल्ने एउटा सुरुङमार्गको दुःखान्त

-1773930665.jpeg)



