'भ्रष्ट सरकार त ढल्यो, अरु माग बाँकी नै छ'
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा उनलाई बानेश्वरको आकाशे पुलनिर गोली लाग्यो ।
देब्रे हातको पछाडिबाट गोली लागेर अगाडिबाट निस्किएको छ । पाखुराको हड्डी पनि फुटेको छ । मोरङकी लिजा अधिकारी अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छिन् ।
घाउमा नियमित ड्रेसिङ गरिरहनुपर्छ । लिजालाई त्यो दिन प्रहरीले आन्दोलनकारीलाई गोली हानेको सम्झिँदा अहिले पनि रिस उठ्छ ।
लिजा ललितपुर बालकुमारीको काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा बीबीए पढ्दै छिन् । सरकारले सोसल मिडियामा प्रतिबन्ध लगाएपछि त्यसको विरोध भइरहेको थियो ।
काठमाडौंमा सडक आन्दोलनको तयारी भइरहेको थियो ।
लिजा र केही साथीहरुले भदौ २२ गते भाइबर र टिकटकमा ग्रुप बनाएर आन्दोलनमा जाने सल्लाह गरे ।
भदौ २३ गते लिजा बिहान ११ बजे माइतीघर मण्डलमा पुगिन् । जुलुससँगै बानेश्वरसम्म पुगिन् । गोली चलेपछि आन्दोलन एकैछिनमा उग्र भएको लिजा बताउँछिन् ।
जेनजी आन्दोलनको माग धेरै ठूलो थिएन । भ्रष्टाचारको अन्त्य र सुशासन उनीहरुको माग थियो । यो माग लिएर आन्दोलन गर्दा गोली नै हान्नुपर्छ भन्ने उनलाई लाग्दै लाग्दैन ।
लिजा घरमा ममी र भाइसँग बस्छिन् । आन्दोलनमा जाने भन्दा उनकी ममी पहिल्यै डराएकी थिइन् । उनी ढाँटेर जुलुसमा गइन् । जुलसमा हुँदा पनि पटक पटक फोन गरेर फर्किन भनिरहेकी थिइन् ।
आन्दोलनमा गोली चल्न थालेपछि भने उनी पनि घर फर्किने भनेर जुलुसको छेउ लागेर बसिन् । त्यही बेला उनलाई गोली लागेको थियो ।
उनलाई गोली लागेको थाहा पाएर उनकी ममी बेहोस् भइन् । त्यति मात्र होइन, सामाजिक सञ्जालमा उनको मृत्यु भएको सूचनाहरु पनि आयो ।
सामाजिक सञ्जालभरि लिजाको नाम डेडलिस्टमा आएपछि उनको परिवार र आफन्तलाई चोट परेको थियो ।
जे उद्देश्यले जेनजी प्रदर्शन सुरु भएको थियो । त्यो आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ र आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वको सरकार बनेको छ । तर सरकार फेरिएर मात्र नहुने भन्दै उनले जेनजीको माग पूरा हुन बाँकी नै रहेको बताइन् ।
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




