व्यवसायीको आशंका : फेरि विध्वंश नहोला भन्ने के ग्यारेन्टी ?
                                                                    
                                
                            उद्योगी व्यवसायीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले ठूलो क्षति ब्यहोरेको र फेरि पनि क्षति नहोला भन्ने के ग्यारेन्टी छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले आफूहरुको सुरक्षाको माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आफूहरु धुलो टकटक्याएर उठ्न तयार रहेको तर फेरि विध्वंश नहोला भन्ने के ग्यारेन्टी भन्दै प्रश्न गरे ।
‘अहिले हामी खरानी टक्टक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ । फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ’, उनले भने ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षाको प्रत्याभूति भएको बताए । निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनको भनाइ छ ।
‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ’, उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले उद्योगी व्यवसायीले आर्जन गरेको सम्पत्तिमाथि आक्रमण हुनु सरकारको कमजोर सुरक्षा व्यवस्थाको नतिजा भएको बताए ।
‘उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पत्ति कहाँबाट आयो भनेर तोडफोड गरे । व्यवसायीले सरकारलाई कर तिरेर कमाएको सम्पत्तिमा यसरी नकारात्मक टिप्पणीले नेपालमा व्यवसायी सुरक्षित छैन भन्ने देखाउँछ’, उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन जी आन्दोलनपछि पनि व्यवसायमा सुरक्षा चुनौती रहेको बताए ।
पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै उनले सरकारले तत्कालै नेपाल सुरक्षित रहेको प्रत्याभूति विश्वव्यापी रुपमा दिलाउनुपर्ने बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेनजी आन्दोलन निजी क्षेत्र लक्षित भएको बताए ।
‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ ।’
राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको उनको भनाइ छ ।
बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको पनि बीमा गर्नुपर्ने बताए ।
‘भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन । अहिले भएको सरकारी सम्पत्तिको क्षतिको पनि बीमा गरिएको छैन’, उनले भने ।
                                                    श्रीमती कि गर्लफ्रेन्ड भन्ने अध्यागमनको चासो होइन, सबै सजिलै विदेश जान पाउँछन्
                                                    गुपचुप आयो मेलम्चीको पानी
                                                    विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
                                                    २८३ मेगावाट विद्युत निर्यात अनुमति भयो नवीकरण
                                                    भारतसँग जोडिने थप दुई ठूला प्रसारणलाइन बन्ने तय
                                                    
                    
-1761836913.jpg)





