मुग्लिनको सडक आज पनि नखुल्ने
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलाको पहिराका कारण २ दिनदेखि बन्द सडक आज पनि नखुल्ने भएको भएको छ । दशैंको समयमा घर फर्किने यात्रुहरु बाटो बन्द हुँदा समस्यामा परेका छन् ।
अहिले पहिरो पन्छाउनको लागि ५ वटा हेभी इक्विपमेन्टले काम त गरिरहेका छन्, तर ठूलो पहिरो भएकाले हटाउन कम्तीमा आज रातभर लाग्ने अनुमान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिए । ।
सम्भवतः थप पहिरो नखसे भोलि विहानबाट यो राजमार्ग सञ्जालन हुनसक्ने सडक विभागले जनाएको छ । नारायणगढ तर्फबाट १–१ वटा एक्स्काभेटर र लोडरले पहिरो पन्छाइरहेका छन् । मुग्लिन तर्फबाट २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरिएको छ ।
भैपरी समस्या पर्नसक्ने भन्दै दुबैतर्फ १/१ वटा ब्याक हो लोडर तयार अवस्थामा राखिएका छन् ।
पहिरो पन्छाउने काम गर्ने क्षेत्र साँघुरो भएकोले एकपटकमा ५ वटा भन्दा बढी ठूला उपकरण प्रयो गर्न सक्ने अवस्था नरहेको विभागले जनाएको छ । नारायणगढतर्फ ठूला–ठूला ढुंगा खसको कारण समेत समस्या भएको विभागको भनाइ छ ।
ठूला ढुंगा मात्रै हैन, स–साना तिखा ढुंगाका कारण लोडरको टायर पञ्चर हुने र ढुंगा लागेर अपरेटर घाइते हुने जस्ता समस्या परिरहेको छ ।
अहिले पहिरो हटाउन हेभी इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अपरेटरहरु पनि थपिएको छ ।
नेपालमै बसेर विदेशमा लगानी गर्न दिने तयारी, के हुन्छ लाभ–हानी ?
नाफाखोरी रोक्न नियम फेर्दा बजारमा हलचल, के हो एमआरपी विवाद ?
स्वर्णिमले ढाँटेनन्, बरू देखाए १० थरि सम्भावना
रामलालको त्यो बिरासत, शेखर गोल्छाको यो हविगत
आधा महिनामै तलब दिनुको नाफा घाटा


-1777978198.png)




