जेन जी आन्दोलनमा रगतले रंगिएको सेतो जुत्ताको कथा
भ्रष्टाचारको विरोधमा भदौ २३ गते सडकमा आएका युवा पुस्तामाथि प्रहरीले बर्बर दमन गर्यो । पहिलो दिन नै १७ जनाको मृत्यु भयो भने दर्जनौं मानिस घाइते भए । अहिलेसम्म मतृकको संख्या ७४ पुगिसक्यो भने घाइतेको संख्या ५ सयभन्दा बढी छ ।
मृतकको परिवार शोकमा छन्, घाइतेहरु उपचारमा । थुप्रै परिवारसम्म अझै सरकार पुग्न सकेको छैन ।
त्यसैले जेनजी आन्दोलनको प्रतिक बनेको त्यो सेतो जुत्ता कसको हो भन्ने लामो समयसम्म थाहै भएन । तर झण्डै २ सातापछि त्यो जुत्ता कसको भन्ने खुलेको छ । अनि उनको दाबी छ कि जेनजी आन्दोलनको पहिलो गोली नै उनलाई लागेको थियो ।
दैलेखका २८ वर्षका प्रकाश बोहोरा, जेन जी आन्दोलनका क्रममा भदौ २३ गते संसद भवन अघि उनको बाँया खुट्टामा घुडा भन्दा माथी गोली लाग्यो । जेन जी प्रदर्शनमा चलेको पहिलो गोली उनैलाई लागेको थियो । गोली लाग्दा उनको हड्डी समेत भाचिएको छ ।
प्रकाश घाइते भएको खबर उनको परिवारले छिमेकी र फोनबाट थाहा पाएका थिए । घाइते भएको खबर पाउँदा पनि उनको परिवार लामो समयसम्म काठामाडौँ आउन सकेनन् ।
श्रीमती राधिकाले सामाजिक संञ्जालमा जुत्ता देख्ने वित्तकै आफ्नो श्रीमान कै हो भन्ने चिनेकी थिइन् ।
प्रकाशलाई अझै लामो समय अस्पतालमै बस्नु पर्ने छ, उनको एउटा अप्रेशन अझै बाँकी छ ।
देशमा बढ्दो बेराजगारीबाट निराश प्रकाश, भ्रष्टाचारको विरोध र देशमा सुशासनको माग राखेर सडकमा गएका थिए ।
आन्दोलनका क्रममा गोली लागेर घाइते भएपनि प्रकाशले भोलिको भविष्यलाई लिएर आशावादी छन् । आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले जेन जीको मागलाई बेवास्ता गर्ने छैन भन्ने उनको विश्वास छ ।
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




