'विद्युत् प्राधिकरणभित्र गुट बनाउँदिन, सिंगै टिमलाई साथ लिन्छु'
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हुन्, मनोज सिलवाल । हितेन्द्रदेव शाक्यलाई हटाएर उनलाई कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हुन् ।
उनीसँग नेपाल शोले उनको विगतको पृष्ठभूमि, प्राधिकरणको वर्तमान अवस्था र भविष्यमा उनका योजनाबारे कुरा गरेको छ । सिलवालले मूलतः हामीसँगको सम्वादमा निम्न कुराहरुमा जोड दिएका छन् :-
–म प्राधिकरणभित्र लामो समय काम गरेर रिटायर्ड भएँ, तर ननिभ्ने बत्ती दिएर जाने मेरो चाहाना पूरा हुन पाएन ।
–विद्युत प्राधिरकणको सर्भिस नेटवर्क कमजोर छ, त्यसलाई सुधार गर्नुपर्ने छ ।
–म टिम बनाउँदिन, गुट बनाउँदिनँ, प्राधिरकणको सिंगै टिमलाई साथ लिएर काम गर्छु ।
–कुलमान घिसिङ ऊर्जा मन्त्री भएकाले काम गर्न निकै सहज अवस्था छ ।
– हितेन्द्रदेव शाक्य मेरो टिचर पनि हो, उहाँको कुरा पनि सुन्छु ।
– डेडिकेटेडको बक्यौता उठ्ट, लाइन काट्ने अवस्था पनि आउनसक्छ । किस्ता सुविधा लिएर उठाउँछौं ।
–प्राधिरकणे वित्तीय अवस्था खराब छैन, काम गर्न सहज छ ।
–सरकारले मलाई विश्वास गरेर पदमा राखेसम्म लेभल बेस्ट काम गर्छु ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





