'विद्युत् प्राधिकरणभित्र गुट बनाउँदिन, सिंगै टिमलाई साथ लिन्छु'
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हुन्, मनोज सिलवाल । हितेन्द्रदेव शाक्यलाई हटाएर उनलाई कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हुन् ।
उनीसँग नेपाल शोले उनको विगतको पृष्ठभूमि, प्राधिकरणको वर्तमान अवस्था र भविष्यमा उनका योजनाबारे कुरा गरेको छ । सिलवालले मूलतः हामीसँगको सम्वादमा निम्न कुराहरुमा जोड दिएका छन् :-
–म प्राधिकरणभित्र लामो समय काम गरेर रिटायर्ड भएँ, तर ननिभ्ने बत्ती दिएर जाने मेरो चाहाना पूरा हुन पाएन ।
–विद्युत प्राधिरकणको सर्भिस नेटवर्क कमजोर छ, त्यसलाई सुधार गर्नुपर्ने छ ।
–म टिम बनाउँदिन, गुट बनाउँदिनँ, प्राधिरकणको सिंगै टिमलाई साथ लिएर काम गर्छु ।
–कुलमान घिसिङ ऊर्जा मन्त्री भएकाले काम गर्न निकै सहज अवस्था छ ।
– हितेन्द्रदेव शाक्य मेरो टिचर पनि हो, उहाँको कुरा पनि सुन्छु ।
– डेडिकेटेडको बक्यौता उठ्ट, लाइन काट्ने अवस्था पनि आउनसक्छ । किस्ता सुविधा लिएर उठाउँछौं ।
–प्राधिरकणे वित्तीय अवस्था खराब छैन, काम गर्न सहज छ ।
–सरकारले मलाई विश्वास गरेर पदमा राखेसम्म लेभल बेस्ट काम गर्छु ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

