होटल जलेका दृश्यले पर्यटन क्षेत्रलाई वर्षौं पिरोल्छ
काठमाडौं । दशैं–तिहार जस्तो मुख्य पर्वको मौसममा पर्यटकीय गन्तव्यहरू सामान्यतया खचाखच हुनुपर्ने हो । तर, यसपालि भने स्थिति उल्टो छ ।
जेनजी आन्दोलनको असरले गर्दा काठमाडौंसहित पोखरा, लुम्बिनीदेखि सौराहा र हिमाली क्षेत्रसम्म पर्यटक आउने क्रम उल्लेख्य रुपमा घटेको छ । होटलहरुमा ग्राहक घटेका छन्, बुकिङ रद्द भएका छन् र व्यवसायीहरू ठूलो घाटामा परेका छन् ।
सबैजसो ठाउँमा होटल र होमस्टे यसपटक पर्यटक पर्खेर खाली बसेका छन् । जेन–जी आन्दोलनपछि संख्यामा तीव्र गिरावट आएको छ ।
पर्यटन उद्योगमा परेको असरबारे हामीले पर्यटन व्यवसायी सुमन पाण्डेसँग कुराकानी गरेका छौं । यो कुराकानीमा उनले मूलतः निम्न कुराहरु बताएका छन् ।
–हिल्टनसहितका होटल जलेको दृश्य विश्वले हेर्यो, यसले नेपाल घुम्न जानु सुरक्षित छैन भन्ने सन्देश दिएको छ ।
–आन्दोलनका बेलामा धेरै पर्यटकले सास्ती भोगे । होटलबाट राति चौरमा आएर बसे । आगो लगाइँदा चार तलामाथिबाट डोरी लगाएर हामफाले । केही घाइते भए, एक जनाले ज्यान गुमाए । कति पर्यटक विमानस्थलमा थुनिए ।
–अहिले नेपालमा होटल र पर्यटनमा लगानी गर्नेहरु निरुत्साहित भएका छन् । अब ठूला लगानी ल्याउन सहज हुँदैन ।
–अब सरकारले नेपाल सेफ छ भनेर डिजिटल मार्केटिङ बढाउनुपर्छ, विदेशी चर्चित एक्टर, कन्टेन्ट क्रियटर र भ्लगरहरु ल्याएर प्रचार गराउनुपर्छ ।
–पर्यटन व्यवसायमा ठूलो धक्का लागेको छ, सरकारले केही राहतको नीति ल्याउनुपर्छ ।
– पर्यटन क्षेत्र उठ्छ, कति छिटो उठ्छ भन्ने कुरा हाम्रै काममा निर्भर हुन्छ ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

