सरकार चनाखो हुँदा विपदको क्षति न्यून
मनसुनी वर्षाका कारण हुने जोखिम यस वर्षलाई लगभग टरेको छ । अब मनसुनी प्रणाली बाहिरिन लागेकाले धेरै जोखिम नहुने मौसमविद्हरुको भनाइ छ ।
सरकार र नागरिक बेलैमा सचेत हुँदा यस वर्ष बागमती र मधेश प्रदेशमा बाढी–पहिरोजस्ता मनसुनी विपदले धेरै ठूलो क्षति भएन । यद्यपि कोशी प्रदेशको इलाममा ३७ जना, पाँचथरमा ८ जना र अन्य केही जिल्लामा गरी कुल ५१ जनाको मृत्यु भयो ।
यस वर्ष मौसमको पूर्वानुमानलाई सरकारले बेलैमा गम्भीरतापूर्वक लिएको र नागरिक पनि सचेत भएको कारण गत वर्षको तुलनामा क्षति कम भएको छ ।
मनसुनी विपदको क्षति कम गर्न सरकारले देखाएको तदारुकता र नागरिकको सचेतना प्रशंसायोग्य छ ।
धेरै मानिसहरु दशैं मनाउन घर गएका बेला हाम्रो जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सार्वजनिक गरेको थियो ।
उसले भनेको थियो कि, असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्न सक्छ सचेत रहनू ।
यो समय भनेको धेरै मानिसहरु आफ्नो थातथलोमा दशैं मानेर काठमाडौं फर्किने समय थियो । त्यसैले ठूलो पानी परेका बेला धेरै मानिसहरु राजमार्गमा यात्रा गरिरहेका थिए ।
असोज १७ गते साँझ नै जिल्ला प्रशासन कार्यालयहरुले प्रमुख राजमार्गमा रातिको समयमा गाडी चल्न रोक लगाए । पहिरो जाने ठाउँमा एक्साभेटर लगायतका पहिरो पन्छाउने उपकरणहरु तयारी अवस्थामा राखिए ।
असोज १७ गते राति देखिनै पानी पर्न थाल्यो । काठमाडौं जोड्ने वीपी राजमार्ग, पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिन खण्ड र मुग्लिन नारायणगढ सडकको ठाउँ ठाउँमा पहिरो खस्यो ।
असोज १८ गते बिहान जिल्ला प्रशासन कार्यालयहरुले सूचना निकालेर राजमार्गमा गाडी चलाउन रोक लगाए । कतिपय ठाउँमा भने सुरक्षाकर्मीले जोखिमको अवस्था हेरेर गाडीहरु आवतजावत गर्न पनि दिए ।
निरन्तर पानी परिरहेपछि नागढु्ंगा चेकपोस्टले असोज १८ गते दिउँसो माइकिङ गरेर काठमाडौं बाहिर जान लागेका गाडीहरुलाई फिर्ता हुन आग्रह गर्यो ।
केहीबेरमा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ र १९ गते राजमार्गहरुमा अत्यावश्यक बाहेकका गाडीहरु चल्न रोक लगायो ।
धेरै मानिसहरु दशैं बिदापछि अफिस पुग्न हतारिएका थिए । गृह मन्त्रालयले असोज १९ र २० गते सार्वजनिक बिदा गरिदियो । जोखिम क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिए ।
काठमाडौंको नदी किनारका बस्तीका बासिन्दालाई डुबानबाट जोगाउन स्कुलहरु ठाउँ बनाइयो । कतिपय बस्तीका बासिन्दालाई असोज १८ गते राति नै स्कुलहरुमा सारियो । जोखिमयुक्त बस्तीहरुको निरीक्षणमा मन्त्रीहरु नै पुगे ।
बागमती र मधेशमा ठूलो पानी परेका कारण धेरै नदीहरुमा जलसतह खतराको तहमा पुगे । सम्भावित डुवान हुने क्षेत्रमा मानिसहरुलाई बेलैमा सूचना दिइएको थियो ।
दिनैभरि पानी परेका कारण हवाइजहाज उडाउन पनि मौसम अनुकुल थिएन । दिउँसोदेखि हवाइ उडानहरु पनि बन्द गरियो । हेलिकप्टरहरु उद्दारका लागि तयारी अवस्थामा राखियो । हेलिकप्टर सञ्चालकहरुले उपत्यकाभित्रको हवाइ उद्दार निशुल्क गर्ने घोषणा गरे ।
गृहमन्त्री ओमप्रकाश अर्यालले असोज १८ गते दिउँसो बाढी पहिरोको क्षतिको अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलन गरे ।
साँझ प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई सम्बोधन गर्दै सचेत रहन आग्रह गरिन् । यसले पनि सरकार बाढी–पहिरोको विपदप्रति संवेदनशील छ, विपदका बेला सरकार पनि नागरिकसँगै छ भन्ने देखाएको थियो ।
००००
नेपालमा गत वर्ष असोज १२ गते काठमाडौं उपत्यका र वरपर बाढी र पहिरोका कारण कम्तीमा २२४ जनाको मृत्यु भएको थियो ।
थानकोटदेखि केही तल राजमार्गमा गुडिरहेको गाडीहरु पहिरोमा पुरिएर एकै ठाउँमा ३५ जनाको मृत्यु भएको थियो ।
बीपी राजमार्गमा अवरुद्ध हुँदा हजारौं यात्रुहरु बाटोमै अलपत्र परेका थिए । सिंहदरबारदेखि ४–५ किलोमिटर टाढा नख्खुखोलामा समयमा उद्दार गर्न नक्दा बाढीमा बगेर मानिसले ज्यान गुमाउनुपरेको थियो ।
भिजिबिलिटी कम भएका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको तत्कालिन गृहमन्त्रीको जवाफको धेरैले आलोचना गरेका थिए ।
जल तथा मौसम विज्ञान विभागले मनसुन याममा हरेक हप्ताको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ ।
यो पूर्वानुमान धेरै हदसम्म मिल्ने पनि गरेको छ । तर यसअघिका सरकारले मौसम पूर्वानुमान अनुसार विपदको पूर्वतयारीमा त्यति ध्यान दिएको थिएन ।
वर्षायाममा ठूलो मानवीय क्षति हुनुमा यस्ता पूर्वतयारीमा ध्यान नदिनु पनि प्रमुख कारण थियो ।
०००
यस वर्ष बागमती प्रदेशमा विभागको पूर्वानुमान गरेजस्तो धेरै ठूलो पानी परेन । त्यसैले नदी किनारका बस्तीबाट धेरै मानिसहरु विस्थापित हुनुपरेन । तर मधेशको पर्सा र रौतहटमा अति भारी वर्षा भयो ।
तर असोज १९ गते कोशी प्रदेशको इलामलगायतका क्षेत्रमा भने भारी वर्षा भयो ।
इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर र कन्याम टि स्टेट केन्द्रमा ३१४.२ मिलिमिटर वर्षा भएको छ । यसरी हेर्दा इलाममा भने पूर्वानुमान भन्दा बढी पानी परेको देखिन्छ । त्यसैले यहाँ पहिरोले घरहरु पुरिँदा ३७ जनाको मृत्यु भयो ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव पराजुलीका अनुसार इलाममा पूर्वानुमान भन्दा बढी पानी परेको हो । यद्यपि मौसमले वर्षाको मात्र पूर्वानुमान गर्छ बाढी र पहिरोको क्षतिको पूर्वानुमान गर्न नसक्ने उनको भनाइ छ ।
शहरी क्षेत्रमा सरकारी संयन्त्रको बलियो उपस्थिति हुने र नागरिक पनि सचेत भएक कारण यस वषए क्षति कम भएको हो । तर इलामजस्तो ग्रामीण क्षेत्रमा भने बाढी पहिरोले अझै पनि ठूलो क्षति पुर्याइरहेको छ ।
त्यसैले अझै पनि सरकारले ग्रामीण क्षेत्रमा विपदको पूर्वतयारीमा ध्यान दिन जरुरी छ, सँगसँगै नागरिकमा विपदको सूचना पुर्याउन आवश्यक देखिएको छ ।
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


