एक्सप्लेनर भिडियो
'मौसम पूर्वानुमान नपत्याउँदा झन् ठूलो विपत्ति आइलाग्छ'
असोज १७ र १८ गतेको आएको अविरल वर्षा बाढी पहिरोले देशभर जनधनको ठूलो षति भयो । विदेश गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको थियो । कोशी र मधेशमा त अति भारी वर्षा नै भएको थियो ।
वर्षापछिको विपदका कारण कोशी प्रदेशको इलाम र पाँचथरमा ठूलो मानवीय क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष असोज १७ देखि २० गतेसम्म पानी पर्न सक्ने अनुमान गरेको थियो । अब यस वर्षको मनसुन बाहिरिने बेला भएको छ ।
यसवर्षको मनसुन कस्तो रह्यो, मौसम पूर्वानुमान मिल्यो कि मिलेन आदि विषयमा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीसँग गरेको कुराकानीको सारसंक्षेप :
- हामी मनसुन सिजनमै छौं । सरदरमा अक्टोबर २ तारेखमा मनसुन बहिर्गमन हुने भए पनि यस वर्ष अहिलेसम्म बहिर्गमन भएको छैन । तर पश्चिमी भूभागबाट पश्चिमी वायु सक्रिय हुन थालेको छ । अब हामी चाँडै नै मनसुन बहिर्गमन भएको सूचना जारी गर्छौं ।
- मनसुन बाहिरिए पनि बेमौसमी पानी पर्न सक्छ । केही वर्षअघि मनसुन बहिर्गमनपछि हिउँदयाममा ठूलो पानी परेर खेतीबालीमा नोक्सान पुर्याएको थियो । मनसुन सकिएपछि पनि हिउँदयाममा पश्चिमबाट पश्चिमी न्युनचापीय प्रणालीले प्रभाव पार्न सक्ने र त्यसको असर मध्य र पूर्वी क्षेसम्म पनि हुने देखिन्छ । आजभोलि पनि सुदूरपश्चिम र कर्णालीको माथिल्लो भूभागमा मध्यमसम्मको पानी पर्ने र हिमपात हुन सक्ने देखिन्छ ।
- मौसम पूर्वानुमान गर्ने काम सहज छैन र यो जस पाउने काम पनि होइन । किनकी वायुमण्डलको अवस्था छिनछिनमा फेरिइरहन्छ, अस्थिर हुन्छ । तर यस वर्ष मनसुन सुरु हुनु भन्दा अगाडि हामीले गरेको पूर्वानुमान धेरै हदसम्म मिलेको देखिन्छ ।
- हाम्रो मुख्य काम मौसम पूर्वानुमान हो । जल तथा मौसमसम्बन्धी सेवा दिन हामी कटिवद्ध छौं । तर अन्य निकायहरुसँगको समन्वय यस वर्ष अझै राम्रो भएको अनुभव भएको छ । एउटा निकायले सबै कुरा ह्याण्डल गर्न सक्दैन । धेरै निकायको समन्वयले मात्र विपद न्युनीकरण हुने हो ।
- मौसम पूर्वानुमानलाई अझै सटिक बनाउनुपर्ने खाँचो छ । हामीले वर्षेनी यसमा सुधार गर्दै गइरहेका छौं । तर जल तथा मौसम विज्ञान विभागलाई पर्याप्त बजेट छैन । हाम्रो कठिन भूगोलमा मौसम पूर्वानुमान मिलाउन धेरै जटिल छ । यसका लागि धेरै रिसर्च गर्न आवश्यक छ र धेरै उपकरणहरु पनि आवश्यक पर्छ । यसमा राज्यको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति:
सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
सोमबार, साउन १८, २०८३
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
आइतबार, साउन १७, २०८३
निम्स दाइ : एक अदभूत र साहसी आरोही
शनिबार, साउन १६, २०८३
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
शुक्रबार, साउन १५, २०८३
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
बिहीबार, साउन १४, २०८३
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
बुधबार, साउन १३, २०८३
ट्रेन्डिङ






