एक्सप्लेनर भिडियो
'मौसम पूर्वानुमान नपत्याउँदा झन् ठूलो विपत्ति आइलाग्छ'
असोज १७ र १८ गतेको आएको अविरल वर्षा बाढी पहिरोले देशभर जनधनको ठूलो षति भयो । विदेश गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको थियो । कोशी र मधेशमा त अति भारी वर्षा नै भएको थियो ।
वर्षापछिको विपदका कारण कोशी प्रदेशको इलाम र पाँचथरमा ठूलो मानवीय क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष असोज १७ देखि २० गतेसम्म पानी पर्न सक्ने अनुमान गरेको थियो । अब यस वर्षको मनसुन बाहिरिने बेला भएको छ ।
यसवर्षको मनसुन कस्तो रह्यो, मौसम पूर्वानुमान मिल्यो कि मिलेन आदि विषयमा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीसँग गरेको कुराकानीको सारसंक्षेप :
- हामी मनसुन सिजनमै छौं । सरदरमा अक्टोबर २ तारेखमा मनसुन बहिर्गमन हुने भए पनि यस वर्ष अहिलेसम्म बहिर्गमन भएको छैन । तर पश्चिमी भूभागबाट पश्चिमी वायु सक्रिय हुन थालेको छ । अब हामी चाँडै नै मनसुन बहिर्गमन भएको सूचना जारी गर्छौं ।
- मनसुन बाहिरिए पनि बेमौसमी पानी पर्न सक्छ । केही वर्षअघि मनसुन बहिर्गमनपछि हिउँदयाममा ठूलो पानी परेर खेतीबालीमा नोक्सान पुर्याएको थियो । मनसुन सकिएपछि पनि हिउँदयाममा पश्चिमबाट पश्चिमी न्युनचापीय प्रणालीले प्रभाव पार्न सक्ने र त्यसको असर मध्य र पूर्वी क्षेसम्म पनि हुने देखिन्छ । आजभोलि पनि सुदूरपश्चिम र कर्णालीको माथिल्लो भूभागमा मध्यमसम्मको पानी पर्ने र हिमपात हुन सक्ने देखिन्छ ।
- मौसम पूर्वानुमान गर्ने काम सहज छैन र यो जस पाउने काम पनि होइन । किनकी वायुमण्डलको अवस्था छिनछिनमा फेरिइरहन्छ, अस्थिर हुन्छ । तर यस वर्ष मनसुन सुरु हुनु भन्दा अगाडि हामीले गरेको पूर्वानुमान धेरै हदसम्म मिलेको देखिन्छ ।
- हाम्रो मुख्य काम मौसम पूर्वानुमान हो । जल तथा मौसमसम्बन्धी सेवा दिन हामी कटिवद्ध छौं । तर अन्य निकायहरुसँगको समन्वय यस वर्ष अझै राम्रो भएको अनुभव भएको छ । एउटा निकायले सबै कुरा ह्याण्डल गर्न सक्दैन । धेरै निकायको समन्वयले मात्र विपद न्युनीकरण हुने हो ।
- मौसम पूर्वानुमानलाई अझै सटिक बनाउनुपर्ने खाँचो छ । हामीले वर्षेनी यसमा सुधार गर्दै गइरहेका छौं । तर जल तथा मौसम विज्ञान विभागलाई पर्याप्त बजेट छैन । हाम्रो कठिन भूगोलमा मौसम पूर्वानुमान मिलाउन धेरै जटिल छ । यसका लागि धेरै रिसर्च गर्न आवश्यक छ र धेरै उपकरणहरु पनि आवश्यक पर्छ । यसमा राज्यको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति:
सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
प्रदीप अधिकारीको पैसा, पावर र पतनको कथा
मंगलबार, पुस १, २०८२
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सोमबार, मंसिर २९, २०८२
सरुवाले शिक्षकलाई रुवायो
शनिबार, मंसिर २७, २०८२
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा
बिहीबार, मंसिर २५, २०८२
नेपालको एक असफल परियोजना, कायापलटको सपना अधुरै
सोमबार, मंसिर २२, २०८२
अनियमितताले उठ्न नसकेको महानगरको भवन
सोमबार, मंसिर २२, २०८२
ट्रेन्डिङ




-1765982600.jpg)


