यूएईमा भिजिट भिसामा जान झन् गाह्रो, स्पोन्सर गर्नै कठिन
तपाईं यूएईमा भिजिट भिसामा जानेबारे सोच्दै हुनुहुन्छ ? यदि साथीभाइ र आफन्तबाट स्पोन्सरसिप लिएर जान लाग्नु भएको छ भने अब पहिलोजस्तो सजिलो भने हुने छैन ।
यूूएईको भिसासम्बन्धी नियममा धेरै परिवर्तन भएका छन् । त्यसमध्येको एउटा हो, स्पोन्सरसिप ।
अब यूएईको भिजिट भिसाका लागि पहिलोजस्तो यूएईमा बसेर काम गरिरहेका जसले पनि स्पोन्सरसिप दिन पाउने छैनन् । साथी वा आफन्तलाई स्पोन्सर गर्ने स्पोन्सरको वैध आम्दानी हेरिने छ र निश्चित कमाई भएकाहरुले मात्र नेपालबाट कसैलाई भिजिटमा यूएई लैजान स्पोन्सरसिप दिन पाउनेछन् ।
कम्तीमा महिनामा ४ हजार दिराम अर्थात् करिब एक लाख ६० हजार रुपैयाँ कमाइ नहुनेले कुनै पनि स्पोन्सरसिप गर्न पाइने छैन । त्यो भन्दा थोरै कमाई नहुनेले परिवारका सदस्यलाई समेत घुमाउन लैजान पाउने छैन ।
यूएईले ल्याएको नयाँ नियमअनुसार आम्दानीका तीन वटा तह निर्धारण गरिएको छ, ४ हजार दिराम, ८ हजार दिराम वा १५ हजार दिराम ।
अनि, नाता पनि तीन श्रेणीमा निर्धारण गरिएको छ ।
अनि प्रथम श्रेणीका आफन्तका रुपमा बुबा, आमा, पति पत्नी, छोरा, छोरीलाई राखिएको छ । प्रति महिना कम्तिमा ४ हजार दिराम कमाउनलेले मात्रै यो श्रेणीका आफन्तलाई यूएईमा भिजिटमा बोलाउन पाउनेछन् ।
दोस्रो श्रेणीका आफन्तमा दाजुभाइ दिदीबहिनी, हजुरबा हजुरआमा, नातिनातिनाहरूलाई राखिएको छ । महिनामा कम्तिमा ८ हजार दिराम कमाउनेले मात्रै दोस्रो श्रेणीका आफन्तको स्पोन्सर गर्न पाउने छ ।
तेस्रो श्रेणीका आफन्तमा काका, काकी, काकाका भाइबहिनीहरु छन् । यो श्रेणीका आफन्त बोलाउन पनि महिनामा कम्तिमा ८ हजार दिराम कमाउनैपर्छ ।
साथीभाइ अर्थात् गैर–नातेदारहहरुलाई स्पोन्सर गर्न महिनामा कम्तिमा १५ हजार दिराम कमाउनुपर्छ ।
यूएईमा यसरी स्पोन्सरसिपमा घिजिटमा जानेसँग कम्तिमा छ महिनाको लागि मान्य हुने राहदानी हुनुपर्छ ।
देश फिर्ता हुने हवाई टिकट पनि अनिवार्य गरिएको छ ।
यूएईले भिजिट भिसालाई पारदर्शी र समस्यारहित बनाउन भन्दै यस्तो नियम ल्याएको बताएको छ ।
यूएईको भिजिट भिसालाई वर्किङ भिसमा कन्भर्ट गर्न पाइन्छ । त्यसैले नेपाल लगायत धेरै देशमा दलालहरुले यूएईको भिजिट भिसालाई धन्दा चलाइरहेका छन् । यूएई पुगेका धेरैले भिजिट भिसा अवधिमा काम नपाएर त्यतिकै फर्किनुपरेको छ । कतिपय भने लुकेर बस्ने गरेका पनि छन् ।
त्यसैले यूएईले भिसा नियममा परिर्वतन गर्दै निश्चित वैध आम्दानी भएकाहरुलाई मात्रै स्पोन्सरसिपको अधिकार दिएको छ । उच्च आय हुनेहरुका आफन्त मात्रै यूएई आउँदा खर्चालु पर्यटकको संख्या बढ्ने छ । सँगै भिजिटमा आएर यूएईमै लुकेर बस्ने र काम गर्ने समस्या पनि हुने उसको बुझाइ हुनसक्छ ।
तर नेपालमा भने किनकी स्पोन्सरिसिपमार्फत यूएईमा लैजाने नाममा थप ठगी धन्दा चल्न सक्छ ।
हुन त जेन–जी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट भिसा नै दिएको छैन । नेपालमा जेलबाट भागेका कैदीबन्दी यूएई छिर्ने सम्भावना भएपछि यूएईले भिजिट भिसामा कडाइ गरेको थियो ।
अब नयाँ व्यवस्थाहरुमार्फत भिजिट भिसालाई झन कडा बनाएको छ । यूएईले भिजिट भिसामा ४ वटा वर्ग पनि थप गरेको छ ।
जसमा कृत्रिम बृद्धिमता (एआई), मनोरञ्जन, इभेन्टस् र क्रुज जहाज सम्बद्ध भिसाहरु छन् । विशेष सर्तसहितका यस्ता एक वर्षको अवधिको हुनेछ ।
यूएईले विदेशी एकल वा सम्बन्ध विच्छेद भएका महिलाहरुलाई स्पोन्सरविना नै यूएईमा बसोबास अनुमति दिनेछ । स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा बसोबासको बदलिँदो ट्रेन्डहरूमा अध्ययन गरेर नयाँ भिजिट भिसाको नियम र सर्तहरू संशोधन गरिएको यूएईले जनाएको छ ।
प्रदीप अधिकारीको पैसा, पावर र पतनको कथा
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा




-1765982600.jpg)


