जेनजी आन्दोलनमा आगजनी र तोडफोडपछि बीमामा २३ अर्ब २२ करोड क्षतिपूर्ति दाबी
जेनजी आन्दोलनका क्रममा निजी तथा व्यापारिक सम्पत्तिमा भएको क्षतिबापत कुल बीमा दाबी २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
हालैको आन्दोलनका क्रममा भएका व्यक्तिगत र व्यापारिक भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।
बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरूले बुधवारसम्ममा २ हजार ७ सय ६ सम्पत्तिमा सर्भेयर खटाएका छन् । हालसम्ममा सर्भेयरहरूले क्षतिको दाबी परेका सम्पत्तिमध्ये ३७४ वटाको सर्वेक्षण सकेका छन् ।
निजी कम्पनीहरुले आफ्नो सम्पत्तिको बीमा गराउने गरेपनि सरकारी सम्पत्तिको बीमा गराउने चलन नहुँदा आगजनी र तोडफोड भएका सरकारी सम्पत्तिको बीमाबाट क्षतिपूर्ति हुँदैन ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





