काठमाडौं महानगरले ३२ ठाउँमा तोक्यो फूलमाला बिक्री केन्द्र
काठमाडौंमा तिहारमा फूलमाला विक्री गर्न ३२ वटा स्थानहरु तोकिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै तिहारमा हुने अव्यवस्थित फूल र फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकिएको जनाएको छ ।
यी केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ ।
विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
नयाँ बानेश्वरको एनवि सेन्टर, शंखमुुलको विग मार्ट, नयाँ बानेश्वरको आईप्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुुनेको तिनकुने चौर, सिफलको सिफल चौर, चावहिलको एसपी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केएल टावरअगाडि र चावहिल सेन्टर अगाडि फूलको माला बिक्री गर्न दिइनेछ ।
स्वयम्भुको धर्म चौक पार्क, कालीमाटिको कालीमाटी बाङ्गक्वेट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडिगाउँको ५ वडा अगाडिको डबली र ५ वडा गणेश मन्दिर डबलीमा पनि केन्द्र तोकिएको छ ।
सामाखुसीको कोइराला मार्टः २६ वडा सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटी बिल्डिङ्ग, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धराको काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय बनाउने ठाउँमा र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा विक्री वितरण केन्द्र स्थापना गरिनेछ ।
यी केन्द्रमा अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह गरिएको छ । नगर प्रहरी प्रमुख पाण्डेले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न पनि आग्रह गरे । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिए ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

