सुनको मूल्य किन बढिरहेको छ, कतिसम्म बढ्न सक्छ ?
पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ । हिजोआज सुनको मूल्य एक तोलाकै २ लाख ४० हजार हाराहारी पुगिसकेको छ ।
सुनको मूल्य किन बढिरहेको छ र अहिले सुनमा लगानी गर्ने उपयुक्त समय हो कि होइन भन्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यसँग कुराकानी गरेका छौं । शाक्यले अन्तर्वार्तामा राखेको मुख्य मुख्य भनाइ :
अमेरिकाको आर्थिक नीति, विदेश नीति, विभिन्न ठाउँमा भइरहेका युद्ध आदिका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरुले सुरक्षित ठानेर सुनमा लगानी गरिरहेका छन् । त्यही भएर सुनको मूल्य बढेको हो ।
अहिले अमेरिकासहित धेरै देशका केन्द्रीय बैंकहरुले सुन किनिरहेका छन् । पहिले केन्द्रीय बैंकहरुले विदेशी मुद्राको रुपमा अमेरिकी डलर राख्ने गरेका थिए, डलरको भाउ उतारचढाव हुने भएपछि धेरै केन्द्रीय बैंकले सुन किनेर राख्न थालेका छन् । त्यही कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च छ ।
बजारमा सुनको माग उच्च भए पनि यसको उत्पादन भने कम हुँदै गइरहेको छ । एउटा समयमा पुगेपछि सुन उत्पादन धेरै कम मात्र हुन सक्छ ।
नेपालमा २५ हजार जति सुनचाँदी व्यवसायी छन् । सुनको मूल्य उच्च भएका कारण नेपालमा धेरै व्यवसायी समस्यामा परेका छन् । किनकी उनीहरुले धेरै सुन किन्न सक्दैनन्, ग्राहकले पनि कम मात्र सुन किन्छन् । थोरै गरगहना बिक्री हुँदा नाफा पनि कम हुन्छ, काम गर्ने कालीगढको रोजगारी पनि खतरामा पर्छ ।
व्यवसायीले भाडा तिर्न पनि नसक्ने अवस्था आउन सक्छ । अहिले नै काठमाडौंमा धेरै सुन पसल बन्द भएका छन् । यो समस्या अझै बढ्न सक्छ ।
नेपालमा सरकारले सुनलाई नगदसरह मान्यता दिनुपर्छ । हरेक व्यक्तिको घरमा भएको सुनलाई मनिटाइज गरेर राष्ट्रिय पुँजीमा गणना गर्न सकेमा उद्योग धन्दामा लगानी गर्न फन्ड जुटाउन सकिन्छ ।
१८–२० वर्षको समय हेर्ने हो भने सुनले १८ देखि २० प्रतिशत रिटर्न दिएको छ, सन् २०२५ मा त ५० प्रतिशत रिटर्न दिएको छ । अरु क्षेत्र भन्दा लगानीका लागि सुन सबैभन्दा सुरक्षित देखिएको छ ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

