एनआरएनले एक खर्ब लगानी ल्याइसके : बद्री केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले एनआरएनले नेपालमा करिव एक खर्ब लगानी भित्र्याएको बताएका छन् ।
२२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुको योगदान रहेको बताए ।
‘अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढी गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ’, उनले भने ।
उनले विदेश गएर नेपालीले सिकेको सीप र कमाएको पैसा विदेशी भूमिमा लगानी गर्नुभन्दा नेपालमा बढी लगानी गर्नुपर्छ भनेर लागेको बताए ।
एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले दूतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकिर गरे ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका


-1781681783.png)
-1781759377.png)




