बबई सिँचाइ आयोजनाले ६ वटा ठेक्का तोड्न निकाल्यो सूचना
ठेकेदारले समयमा काम नगरेर रुग्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरेको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारवटाको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन भनेको छ । चित्त बुझ्दो प्रमाण पेश नगरे कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।
सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
हेर्नुहोस् बबई सिँचाइ आयोजनाले निकालेको सूचना

काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





